नेपालकी प्रख्यात अभिनेत्री ३१ वर्षीया पूजा लामाले लगभग तीन बर्ष पहिले इस्लाम धर्म स्वीकार गर्नु भयो। उनले इस्लाम धर्म स्वीकार गर्दा भारत र नेपालका कयौं व्यक्ति अचम्ममा परेका थिए। बौद्ध परिवारमा जन्मेकी, बौद्ध संस्कार अनुसार हुर्के-बढेकी पूजा लामाले काठमाण्डौमा इस्लाम धर्म स्वीकार गरेकी थिइन। त्यसबखत पूजा लामासँग अब्दुस्सबूर नदवीले गर्नु भएको कुराकानीको प्रमुख अंशः
कुन चीजबाट प्रभावित भएर तपाईले
इस्लाम स्वीकार गर्नु भयो ?
म बौद्ध परिवारमा जन्मेकी हुँ। मैले इस्लाम धर्मको अध्ययन गर्ने इच्छा गरें। अनि हिन्दु, ईसाई र इस्लाम धर्मको तुलनात्मक रूपमा अध्ययन पनि गरें । विभिन्न धर्मको अध्ययनपछि म कतार र दुबईमा पनि गएकी थिएं र वहाँ इस्लामिक सभ्यताबाट धेरै प्रभावित भएँ । इस्लामको एउटा धेरै ठूलो विशेषता एक ईश्वरलाई मान्नु र उनैमा पूर्ण रुपले विश्वास गर्नु रहेछ। एक ईश्वरको विषयमा यस्तो बलियो विश्वास मैले अरु धर्ममा देखिन। पूरा संसारको मिडिया इस्लामको विरुद्ध दुष्प्रचार गरिरहेका छन् र इस्लामलाई आंतकवाद बढाउने धर्मको रूपमा पेश गरिरहेका छन्।
के तपाई यी मिडियाको यस्ता दुष्प्रचारबाट प्रभावित हुनु भएन ?