लेखकः अजिजुल्लाह अन्सारी
ह्वाट्स एपः +9779845042004
मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने
सामथ्र्य कसैमा छैन । कुनै समाज,
देश,
धर्म,
सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा
कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन्
। मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको
गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?
सन् २००७ CIA को रिपोर्ट अनुसार
प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई
कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब,
राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्च–अधिकारी होस् वा चप्रासी हरेकलाई मृत्युको निमन्त्रणा
आउने नै छ ।
कहाँ छन् ती राजा महाराजाहरु, अर्बपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई “ईश्वर” भन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको
के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको
आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल
रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव
नगर्ने कुरालाई पूष्टि गर्दै नेलशन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको
रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले
भनिसकेका छन् “प्रत्येक
प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ” । (कुरआन ३ः१८५)