
आज हामी आफ्नो मानव समाजलाई एउटा सभ्य, शिक्षित र विकसित समाज भन्दछौं तर के हामी वास्तवमा
शिक्षित भनिने अधिकार राख्दछौ ? के हाम्रो सोच साच्चै नै राम्रो हुदैछ ?
के हाम्रो सोच्ने तरिका बदलिदै छ ? के हामी सहीलाई सही र गलतलाई गलत भन्न सक्षम भएका छौं ? के हामी कुरितीहरु विरुद्ध आवाज उठाउने क्षमता राख्दछौं ? के हाम्रो समाजबाट कुरिती, कुप्रवृतिहरु कम हुदै गएका छन् ?
यदि होइन भने याद राख्नुहोस् हामीहरु शिक्षित भएका छैनौं । हामीहरु अहिले पनि एउटा अन्धकार बाटोमा फसेका छौ र यसले हाम्रो बुद्धिमत्ता, सभ्यता र सोचमाथि प्रश्न चिन्ह उठाउदछ ।
यदि होइन भने याद राख्नुहोस् हामीहरु शिक्षित भएका छैनौं । हामीहरु अहिले पनि एउटा अन्धकार बाटोमा फसेका छौ र यसले हाम्रो बुद्धिमत्ता, सभ्यता र सोचमाथि प्रश्न चिन्ह उठाउदछ ।
“दहेज अर्थात दाइजो” जसको अर्थ विवाहको बेला केटी पक्षले केटा पक्षलाई दिने सरसामान, गरगहना तथा नगद रुपैया“ पैसा हो । आज हाम्रो यस शिक्षित समाजका कैयौ“नारीहरु विवाहको पर्खाइमा बुढेसकाललाई छोएका छन् भने कयौ“आफ्नो मनमा विवाह र हातमा मेहन्दी लगाउने सपना सहित यस जीवनबाट विदा भई रहेका छन्
किनकी तिनीहरुका अभिभावकहरु दाइजो दिन असमर्थ छन् ।
कुरआन र हदीस (मुहम्मद (स.) ले भनेका र गरेका कुराहरु) मा “जहेज” शब्द पाउन सकिदैन
। हजरत मुहम्मद (स.) ले जति पनि विवाह गराउनु भयो दाइजोको रुपमा कुनै पनि वस्तु दिनुभएन
र न लिनु नै भयो । यहा“ सम्म कि आफ्नो छोरीहरुको
विवाह गर्दा पनि कुनै पनि वस्तु दाइजोको रुपमा दिनु भएन । हजरत मुहम्मद (स.) का सहाबाहरुमा
समेत दाइजो प्रथाको अस्तित्व पाइदैन । दाइजो र इस्लाम बीच कुनै सम्बन्ध छैन यो एउटा
कुप्रबृति हो जुन गैर इस्लामी समाजबाट फैली आएर हाम्रो समाजमा पनि भित्रिएको छ ।
संसारको सुन्दरता, मानव बगैचाको
बसन्त बहार, ममताको गर्मी, इमान (आस्था) पछिको सबैभन्दा ठुलो इश्वरीय
वरदान नारी माथि शताब्दीयौं देखि दुव्र्यवहार हुदै आएको छ । इतिहास साक्षी छ नारीहरुको
पहिले पनि हत्या हुन्थ्यो आज पनि हुन्छ । फरक यति मात्र छ कि पहिला जिउदै माटोमा दफनाइन्थ्यो
भने आज विज्ञानको विकासले गर्भ अवस्थामै नारीको अस्तित्वलाई मेटाइन्छ । इस्लामभन्दा
पहिले नारीहरुलाई आफ्नो मान प्रतिष्ठाको लागि मारिन्थ्यो तर इस्लामको उदयले नारीहरुलाई
तिनीहरुले गुमाएका आफ्नो वास्तविक हक अधिकार र मान प्रतिष्ठा पुनः प्रदान गरायो ।
समय बदलियो, अवस्था बदलियो,
मानिसहरुको सोच बदलियो र पहिलेको विकृतिले एउटा
नया रुप लिएर यस मानव समाजमा पुनः प्रवेश ग¥यो । दिन प्रतिदिन रेडियो तथा टेलिभिजनले हाम्रा कानसम्म यो
खबर आवश्य पु¥याउछ कि दाइजो नल्याएको
आरोपमा कैयौं महिलाहरु आफ्नो बाच्ने अधिकारबाट बञ्चित हुदैछन् । हाम्रा कैयौं दिदीबहिनीहरुलाई
छुरा प्रहार गरेर हत्या गरिन्छ भने कैयौंलाई जिउदै अग्निको भेट चढाइन्छ । कैयौं दिदीबहिनीहरु
त दाइजोको चक्रव्युहमा फ“सेर शारीरिक तथा मानसिक
यातना सहन नसकी आत्महत्या गर्न बाध्य हुन्छन् ।
दाइजो प्रथा कानुनी रुपमा अपराध भएपनि हाम्रो कमजोर कानुनले
यसलाई थाम्न सकेको छैन । केही राक्षस र शैतानी स्वभावका मानिसहरुले कुरितीको जरो मजबुत
पार्दै गरेका छन् ।

सबै अभिभावकहरु चाहन्छन् कि उनीहरुका छोराछारीले सुखमय जीवन बिताउन् । यस अवस्थामा अभिभावकहरुले
यो सोच्नुपर्छ कि शिक्षा बिनाकोही पनि आत्मनिर्भर
हुन सक्दैन । त्यसकारण यदि अभिभावकहरु आफ्ना छोराछारीको उत्तम भविष्य चाहन्छन भने उनीहरुलाई
असल शिक्षा दिनुपर्दछ जसबाट उनीहरु जीवनमा आइपर्ने समस्याहरुसंग लड्न सकुन् । विवाह
गर्न लागेका युवाले दाइजो भन्दा पनि एउटा शिक्षित र सभ्य केटीलाई प्राथमिकता दिनुपर्छ
र देखाउनु पर्छ कि हामीहरु धनका लोभी र भोका होइनौ । यस्तोमा केटीहरुले पनि दाइजोको सिकार बनेका केटीहरुको
ख्याल गर्दै साहस देखाउनु पर्छ र ती केटाहरुसग विवाह गर्न अस्वीकार गर्नुपर्छ जसले
दाइजोको माग गर्दछन् । जबसम्म यो साहस नारीहरुमा आउदैन दाइजो प्रथालाई रोक्न सकिदैन
र दाइजो विरुद्ध उठाइएका सम्पुर्ण कदमहरु अप्रभावकारी साबित हुनेछन् ।
केही युवाहरुले दाइजो विरुद्ध आवाज उठाए पनि अभिभावकको
दवाबले उनीहरुको आवाज मधुरो हुदैजान्छ । “दिने बेलामा नगद तथा सामानहरु दिए र आज लिने समय
आउदा कसरी दाइजो नलिने” भन्ने अभिभावकको तर्कमा
युवाहरु चुप लागेर बस्नु पर्छ भने केही अभिभावकले दाइजोलाई आफ्नो मान र प्रतिष्ठा संग
जोडेर हेर्दछन् । यदि छोरीलाई सरसामान दिएन भने समाजले के भन्ना ? समाजमा मेरो के इज्जत रहनेछ ? यस्तो सोच भएका अभिभावकहरुसंग म आग्रह गर्न चाहन्छु कि तपाईहरु
आफुबाट यो भ्रम निकाल्नुहोस् र आ“खा उठाएर संसारलाई
हेर्नुहोस्, आज त्यो व्यक्तिको
मान प्रतिष्ठा समाजमा बढी हुन्छ जसले विवाहमा दाइजोको लेनदेन गरेको हुदैन र विवाह सादा
रुपमा सम्पन्न हुन्छ । दाइजो बिनाको विवाहलाई
नमुनाको रुपमा प्रस्तुत् गरिन्छ र पत्रपत्रिकाले पनि यसलाई मुख्य खवर बनाउदछन् । दाइजो
प्रथा बढ्नुको एउटा प्रमुख कारण इस्लामले निर्धारण गरेको नारीहरुको पैतृक स
म्पतिमा अधिकार नदिनु हो । यदि नारीहरुले आफ्नो अंश पाएको भए दाइजो दिने अवस्था नै सृजना हुने थिएन । अभिभावकवर्गहरु याद राख्नुहोस्, दाइजो दिदैमा नारीहरुलाई तिनीहरुको अधिकारबाट बञ्चित गर्न सकिदैन । पैतृक सम्पतिमा अंश उनीहरुको अधिकार हो र दिएन भने अल्लाह समक्ष जवाफदेहि हुनु पर्नेछ । दाइजोको न्यूनीकरणको लागि धर्मगुरुहरुले समेत कडा कदम उठाउनु आवश्यक छ । धर्मगुरुहरुले त्यो विवाह गराउन अस्वीकार गर्नुपर्छ जसमा दाइजोको लेनदेन भएको हुन्छ ।
लेखकः अजिजुल्लाह अन्सारी
ह्वाट्स एपः +9779845042004
No comments:
Post a Comment