Friday, July 20, 2018

तलाकः समस्या कि समाधान ?


579107-talaq4

पछिल्ला केही दशकहरूमा  तलाक (सम्बन्धविच्छेद) को प्रावधनलाई अरू समूदायहरूमा पनि समावेश गर्नाले यो सत्य अब पूर्ण रूपमा स्पष्ट भइसकेको छ कि इस्लाममा तलाकको प्रावधानका विरूद्ध समस्त प्रचार भ्रामक एवं गलतफहमीमा आधारित थिए । साथै यो कुरा पनि स्पष्ट भएको छ कि इस्लाममा तलाकको प्रावधान समाज र परिवारको आवश्यक्ता अनुरूप छ । उसको विरूद्ध होइन । यस प्रावधनको वास्तविक्तालाई बुझ्नका लागि इस्लाममा विवाहको प्रावधानलाई बुझ्न आवश्यक छ ।

                इस्लाम विवाहलाई मात्रा कामवासनाको पूर्तिको माध्यमको रूपमा हेर्दैन, यस समाजको स्थिरता र सुदृढ्ताको एक माध्यमको रूपमा हेर्छ र यसले निम्न लिखित लक्ष्यहरूको प्राप्ती गर्दछः

१. परिवारको स्थापना जुन समाजको एउटा मौलिक अंश हो ।
२. सन्तानको पालनपोषणको एउटा केन्द्र स्थापना गर्नु
३. समाजको विस्तारमा सहायक हुनु
४. कामवासनाको पूर्तिको कानुनी प्रावधान प्रदान गर्नु

               
यी समस्त उद्देश्यहरूको पूर्तिका लागि इस्लाम जब पति र पत्नीलाई विवाहको माध्यमले जोड्छ, तब यस सम्बन्धलाई एउटा ‘अनुबंध’ को रूप दिन्छ र यो अनुबंध तबसम्म मात्र प्रभावकारी रहन्छ जबसम्म यी उद्देश्यहरूको पूर्ति संभव हुन्छ । यदि पतिपत्नी बीचमा यस्तो स्थिति उत्पन्न भयो कि यी उद्देश्यको प्राप्ति संभव रहेन भने इस्लाम समाजको स्थिरता एवं सुदृढ़तालाई ध्यानमा राखि पतिपत्नीलाई यो अनुमति प्रदान गर्छ कि उनीहरू पूरानो अनुबंधलाई समाप्त पारी यस्तो नया अनुबंध कायम गरून् जहाँ यी उद्देश्यहरूको प्राप्ति सुन्दर रूपमा हुन सकोस् । यस दृष्टिले हेर्ने हो भने इस्लाममा तलाक को प्रावधान नारीमाथि अत्याचार र दासताको बोधक होइन, बरू उसको स्वतन्त्रताको उद्घोषक हो । “.........महिलाहरूलाई पनि पुरूषहरू जस्तै सामान्य नियम अनुसार अधिकार छ ।” (कुरआन २ः२२८)
                यस सत्यलाई अझ स्पष्टताका साथ बुझ्न सकिन्छ, यदि हामी यसलाई अन्य धर्महरूमा तलाकको प्रावधानको पृष्ठभूमिमा हेरौंः

१. सन् १८५७ सम्म पश्चिमी समाजमा तलाकको कुनै प्रावधान थिएन । एकपटक वैवाहिक सम्बन्धमा गाँसिएपछि सम्बन्धविच्छेद गर्न उनीहरूका लागि मृत्युबाहेक अरू कुनै बाटो थिएन, चाहे परिवारिक जीवन पूर्ण रूपमा नर्क नै किन नबनेको होस् र समाजलाई लाभको सट्टा हानि पूर्याइ रहेको होस् ।
२. अन्य धर्महरूमा पनि तलाकको कुनै प्रावधान छैन र अहिले पनि यो धारणा कायम छ कि “नारीको डोलीपछि अर्थि नै निस्कनेछ ।” सन् १९९५ को हिन्दु विवाह कानुन संसोधनले भारतीय संविधान तलाकको प्रावधानलाई सम्मिलित गर्यो र पत्नीलाई यो स्वतन्त्रता प्रदान गर्यो कि उनी आफ्नो मृत्यूभन्दा पहिले पनि सम्बन्धविच्छेद गर्न सक्छिन् तैपनि अहिलेसम्म सतीप्रथाको कुरा सञ्चार माध्यममा सुन्न पाइन्छ ।
यस प्रकार यो सत्य प्रमाणित हुन्छ कि इस्लाममा १४०० वर्ष पहिले दिइएको तलाकको प्रावधान महिलाको लागि अभिशाप नभई वरदान हो ।

तलाक कुनै खेल होइ
                यो सत्य हो कि तलाकले एउटा परिवार टुट्छ तर ईश्वरले यसको अनुमति मात्र यस कारणले दिनुभयो कि पति र पत्नी आफ्नो लागि एउटा नयाँ परिवारको स्थापना गर्न सकुन् र समाजको उन्नतिमा सकारात्मक भूमिका निर्वाह गर्न सकुन् र उनीहरूको योग्यता, क्षमता र सामथ्र्य एउटा असफल परिवारका कारण नष्ट नहोस् । ईश्वरले यो पनि स्पष्ट गरिदिएका छन् कि बैध कार्यहरूमा सबभन्दा बढी मन नपर्ने काम तलाक हो,“अल्लाह समक्ष हलाल (वैध) कार्यहरूमा सबभन्दा बढि मन नपर्ने काम तलाक हो ।” (हदीस)

तलाकः अन्तिम समाधान
                तलाकको यस प्रावधानलाई अन्तिम समाधानको रूपमा नै उपयोग गर्न सकिन्छ । यदि पतिपत्नीका बीच यस्तो स्थिती उत्पन्न भयो जसले 
गर्दा परिवार नर्क बन्दै गएको छ भने इस्लाम तलाकको स्थिती उत्पन्न हुन नदिन पनिपत्नी बीचमा सम्झौता गराउन सक्दो प्रयत्न गर्दछ ।
१. इस्लाम उनीहरू समक्ष यो सत्य उजागर गर्दछ,“हुन सक्छ तिमीहरू एउटा कुरो मन नपराऊ तर त्यो तिम्रो लागि राम्रो होस् । र हुन सक्छ तिमीहरू एउटा कुरो मन पराऊ तर त्यो तिम्रो निम्ति नराम्रो होस् । र अल्लाह जान्दछन् बरू तिमीहरू पो जान्दैनौ ।” (कुरआन २ः२१६)
२. तलाकमा पूर्ण रूपमा अलग हुनु पूर्व इस्लाम उनीहरूलाई ‘इद्दत’ ९ध्बष्तष्लन एभचष्यम० को अवधिसम्म संगै बस्न आज्ञा दिन्छ कि उनीहरू आफ्नो कमी कमजोरीलाई महसुस् गरेर विवाहलाई टुट्नबाट बचाउन सकुन् ।
३. तलाकको स्थिति आउनुभन्दा पहिले इस्लाम आदेश दिन्छ कि दुबै तर्फका परिवारहरू विवाहलाई बचाइ राख्न सक्दो प्रयत्न गरून् । यस्तो मध्यस्थतामा ईश्वरले उनीहरूको सहायताको विश्वास दिन्छन् ।
४. यी सम्पूर्ण प्रयासहरूको असफल भएमा मात्र इस्लामले तलाकको अनुमति दिन्छ ।

तलाकप्राप्त महिलाका समस्याहरूको समाधान
                तलाकको विरोध गर्ने व्यक्तिहरुको सबभन्दा ठूलो तर्क यहि हो कि तलाकपछि महिलाको स्थिती अति नै दयनीय भएर जान्छ, समाज उसलाई तुच्छ नजरले हेर्छ र उसको कोहि सहारा हुदैन । यो तर्कले मानिसहरूमा महिलाप्रति सहानुभूति एवं भावुकता उत्पन्न त गर्न सक्छ तर उसको एउटा असफल वैवाहिक जीवनका कष्टहरूबाट छुट्कारा दिलाउन सक्दैन । इस्लाम एउटा सम्पूर्ण जीवन व्यवस्था हो र यसमा तलाकको अनुमति दिनुभन्दा पहिला नै यस दयनीय स्थितीबाट बचाउनका लागि प्रावधान राखेको छ ।
१. तलाकपछि एउटी महिला अर्को विवाह गर्नका लागि पूर्ण रूपले स्वतन्त्र छिन्, उनलाई यसबाट रोक्ने अधिकार कसैलाई पनि छैन । यो इस्लामको विशेषता हो जुन अन्य धर्महरूमा पाइदैन ।
२. तलाकपछि एउटा महिलालाई ठाउँठाउँ भौतारिनु पर्दैन । उनी आफ्नो माइती जान सक्छीन् र उनको भरणपोषणको जिम्मेवारी उनको माइतको हुनेछ ।
३. दाम्पत्य जीवनमा पतिले उपहार स्वरूप जेपनि पत्नीलाई दिएको हुन्छ, चाहे त्यो धन होस्, गहना होस्, घर होस् वा अन्य कुनै समाग्री, त्यो पत्नीको सम्पत्ति हुन्छ र तलाक पहिला वा पछि त्यसलाई फिर्ता गर्नुपर्ने छैन ।
४. इस्लामी कानुनले महिलालाई पैतृक सम्पतिमा अधिकार दिन्छ जुन कुरआनमा सविस्तार निर्धारित गरेको छ । यो अंश उनको अधिकार हो र त्यसबाट उनलाई कसैले वञ्चित गर्न सक्दैन ।
५. इस्लामले एकभन्दा अधिक (बढीमा चार) पत्नीको अनुमति दिएर समाजमा महिला (तलाकपछि पनि) अविवाहित बस्ने सम्भावनालाई केही हदसम्म कम गरेको छ ।
यो त सत्य हो कि तलाकले गर्दा एउटी महिलालाई कठोर मानसिक आघात पुग्दछ तर इस्लामको यी प्रावधानहरूले उनी आफ्नो जीवनलाई शिघ्र नै पूनः एउटा शुरूवात दिन सक्छिन् र समाजको निर्माणमा आफ्नो पूर्ण भूमिका निर्वाह गर्न सक्छिन् ।
                जसरी हाम्रो शरीरको स्वास्थ्यका लागि कहिलेकाँहि शल्यक्रिया गर्नु आवश्यक हुन जान्छ र त्यसलाई कुनै प्रकारले पनि बिरामीमाथि अत्याचार भन्न मिल्दैन त्यसरी नै समाजको स्वास्थ्यका लागि कहिलेकाँहि परिवारको शल्यक्रिया गर्नु आवश्यक हुन्छ र यसलाई कुनै किसिमले पनि स्त्रीमाथि अत्याचार वा शोषण को रूपमा लिन सकिदैन । समाजले यसको आवश्यक्ता सधैं देखि महसुस गरेको छ र जुन धर्ममा यो प्रावधान थिएन, उनीहरूले पनि कुनै न कुनै तरिकाले यस प्रावधनलाई आफू कहाँ सम्मिलित गरेका छन् ।
लेखकः अजिजुल्लाह अन्सारी
व्हाट्स एपः +9779845042004

No comments:

Post a Comment