Thursday, May 22, 2014

प्लीज मलाई पूजा नभन्नु आमिना भन्नुहोस्

नेपालकी प्रख्यात अभिनेत्री ३१ वर्षीया पूजा लामाले लगभग तीन बर्ष पहिले  इस्लाम धर्म स्वीकार गर्नु भयो। उनले इस्लाम धर्म स्वीकार गर्दा भारत नेपालका कयौं व्यक्ति अचम्ममा परेका थिए। बौद्ध परिवारमा जन्मेकी, बौद्ध संस्कार अनुसार हुर्के-बढेकी पूजा लामाले काठमाण्डौमा इस्लाम धर्म स्वीकार गरेकी थिइन। त्यसबखत पूजा लामासँग अब्दुस्सबूर नदवीले गर्नु भएको कुराकानीको प्रमुख  अंशः

कुन चीजबाट प्रभावित भएर तपाईले इस्लाम स्वीकार गर्नु भयो  ? 
बौद्ध परिवारमा जन्मेकी हुँ। मैले इस्लाम धर्मको अध्ययन गर्ने इच्छा गरें। अनि हिन्दु, ईसाई इस्लाम धर्मको तुलनात्मक रूपमा अध्ययन पनि गरें विभिन्न धर्मको अध्ययनपछि कतार दुबईमा पनि गएकी थिएं वहाँ इस्लामिक सभ्यताबाट धेरै प्रभावित भएँ इस्लामको एउटा धेरै ठूलो विशेषता एक ईश्वरलाई मान्नु उनैमा पूर्ण रुपले विश्वास गर्नु रहेछ। एक ईश्वरको विषयमा यस्तो बलियो विश्वास मैले अरु धर्ममा देखिन। पूरा संसारको मिडिया इस्लामको विरुद्ध दुष्प्रचार गरिरहेका छन् इस्लामलाई आंतकवाद बढाउने धर्मको रूपमा पेश गरिरहेका छन्।   
के तपाई यी मिडियाको यस्ता दुष्प्रचारबाट प्रभावित हुनु भएन  ?