Friday, October 14, 2016

एड्स र इस्लाम

लेखकः अजिजुल्लाह अन्सारी
व्हाट्स एपः +9779845042004

सन् १९८८ डिसेम्बर १ तारिख का दिन एउटा ठूलो समस्यालाई अभियानको रूप दिइयो र त्यस दिन विश्वले पहिलो पटक विश्व एड्स दिवस मनायो । त्यस पश्चात यस अभियानमा सम्पूर्ण मूलुकहरुलाई समेट्न थालियो र हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने चलन सुरु भएको हो । एड्स एक प्रकारको यौनजन्य रोग हो । जुन एच आई भी (HIV Human Immunodeficiency Virus) जीवाणु को संक्रमणबाट लाग्ने गर्दछ । यस जीवाणुले विशेष गरी सेतो रक्तकोष (WBC) लाई नष्ट पार्दछ जस्को कारण मानव शरीरमा रोगप्रतिरोधात्मक शक्तिको कमि हुदै जान्छ । रोगप्रतिरोधात्मक शक्ति यति कमजोर भएर जान्छ कि शरीरले HIV जीवाणुसंग लड्न सक्दैन र अन्त्यमा मानिसको मृत्यु हुन्छ । यो जीवाणु विशेष गरी यौन सम्पर्क रगतको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रामित व्यक्तिले लगाएको सुइ अरुलाई लगाउदा पनि यो भाइरस अर्काे व्यक्तिमा सर्दछ अथवा संक्रमित आमाले बच्चा जन्माउँदा वा स्तनपान गराएमा बच्चा पनि यस जीवाणुबाट संक्रमित हुन जान्छ । सन् २०१४ को विश्व एड्स दिवसमा संक्रमित व्यक्तिहरुलाई साहस, सहयोग तथा प्रेरणा दिनका निमित्त नया संक्रमित व्यक्तिहरुको तुलनामा बढि संख्यामा मानिसहरु यस अभियानमा संलग्न भएका छन् । यसलाई सकारात्मक रुपमै हेर्नुपर्ला तर अर्काे पक्षलाई हेर्यौ भने यसबाट राहतको साँस कदापि लिन सकिदैन । किनभने सन् २०१४ मा कूल २१ लाख नया संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिले सम्म ५ करोड नाघिसकेको अनुमान छ ।

Thursday, October 13, 2016

महिला हिंसा : कारण र समाधान

लेखकः अजिजुल्लाह अन्सारी
व्हाट्स एपः +9779845042004

त्यो घटना फेरी सम्झन पुग्दा मानिस सर्वश्रेष्ठ प्राणी होभन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।
नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा दामिनीको दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २ वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो ।

महिला हिंसा, अधिकार र इस्लाम


लेखकः रोजिता दङ्गा
हेटाैडा, मकवानपुर
विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि सुनिने शब्द, रेडियो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द महिलाअनि यहि महिलाको पछि आउने  शब्द अधिकार, हिंसा, समता, समानता, सशक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन् महिला अनि पुरुष अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनैपनि किसिमको कार्य जुन नीजि जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै भनिन्छ महिला  हिंसा । विश्वमा आधा आकाश ओगटेका महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक र अधिकारका लागि भैतारिहरनु परेको छ । यस पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो साथी, परिवार भेटेपछि सुरक्षित महसुस गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

Tuesday, October 11, 2016

मृत्यु : शुरूवात नया जीवनको

लेखकः अजिजुल्लाह अन्सारी
ह्वाट्स एपः +9779845042004

                मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामथ्र्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?
                सन् २००७ CIA को रिपोर्ट अनुसार प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब, राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्चअधिकारी होस् वा चप्रासी हरेकलाई मृत्युको निमन्त्रणा आउने नै छ ।
                कहाँ छन् ती राजा महाराजाहरु, अर्बपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई ईश्वरभन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव नगर्ने कुरालाई पूष्टि गर्दै नेलशन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले भनिसकेका छन् प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ। (कुरआन ३ः१८५)

मिडियाद्वारा मुस्लिममाथि षड्यन्त्र

                

लेखकः राम सेवक कुशवाहा

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठाउन थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गरिन थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका लागि आफ्नो प्रोफाइल फोटोलाई फ्रान्सको राष्ट्रिय झण्डामा परिवर्तन गर्न मिल्ने विकल्प उपलब्ध गरायो । लाखौं करोडौं फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल फोटो परिवर्तन गरे । मानौं मानिसहरुलाई यस्तो लाग्यो कि संसारमा पहिलो पटक कुनै यस्तो घटना घटेको हो जसमा निर्दाेष मानिसहरु मारिएका हुन् । हरेक मन न्यायका लागि विचल्लित देखिन्थ्यो र ISIS संग बदला लिने ज्वाला प्रज्वलित भयो । फ्रान्सले दोस्रो दिनदेखि नै संयूक्त राष्ट्रसंघको अनुमति बिना नै सिरियामा बम बर्साउन सुरु गर्यो जसमा दश हजारभन्दा बढी निर्दाेष मानिसहरुको ज्यान गयो । फ्रान्सले बम बर्साएर एउटा शहर पूर्ण रुपले नै नष्ट बनायो तर पनि हाम्रो हृदयमा उनीहरुको मृत्युप्रति कुनै अफसोस भएन बरु कतिपयलाई खुशी नै महसुस भयो ।
                तपाईलाई के लाग्छ कि जे तपाईले महसुस गर्नुभयो त्यो तपाईको आफ्नो हृदयको उपज थियो ?

Monday, October 10, 2016

दाइजो प्रथा वर्तमानको जटिल समस्या


विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छविवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन ।विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।
आज हामी आफ्नो मानव समाजलाई एउटा सभ्य, शिक्षित र विकसित समाज भन्दछौं तर के हामी वास्तवमा शिक्षित भनिने अधिकार राख्दछौ ?  के हाम्रो सोच साच्चै नै राम्रो हुदैछ ? के हाम्रो सोच्ने तरिका बदलिदै छ ? के हामी सहीलाई सही र गलतलाई गलत भन्न सक्षम भएका  छौं ? के हामी कुरितीहरु विरुद्ध आवाज उठाउने क्षमता राख्दछौं ? के हाम्रो समाजबाट कुरिती, कुप्रवृतिहरु कम  हुदै गएका छन् ?

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप
        अजिजुल्लाह अन्सारी
     जब नेपाली मुस्लिमहरुसंग एउटा प्रश्न सोधिन्छ – “यदि नेपाल सरकारले जनावरलाई इस्लामी तरिकाले जिबह गर्ने (काट्ने) कुरामा प्रतिबन्ध लगाउँछ भने तपाईको प्रतिकृया कस्तो हुनेछ ?” जवाफ पाईन्छ– “हामी यस कानुनबिरुद्ध आवाज उठाउनेछौं ,आन्दोलन गर्नेछौं.....। त्यही मुस्लिमहरुका लागि अर्काे प्रश्न –“ईश्वर सामू ठूलो अपराध कुन हो इस्लामी तरिकाले नकाटेको जनावरको मासु खानु अथवा ब्याजमुक्त कारोबार गर्नु ठुलो अपराध हो ?”