Monday, July 23, 2018

सलमान फारसी (रजि.)


-आस्मा तामाङ

maxresdefault (2)                सबै प्रकारको प्रशंसा सत्य ईश्वर अल्लाहको लागि छ जसले सम्पूर्ण संसारको निर्माण गरे तथा मानव र दानवलाई आफ्नो  पूजाको आदेश दिए यसको निम्ति उनले प्रत्येक समुदायमा आफ्नो  सन्देशबाहक पठाए । सबै सन्देशबाहकहरुले आ–आफ्नो  समुदायमा एक सत्य ईश्वरको पूजापाठ गर्न आदेश दिएका थिए । मुहम्मद (उहामाथि चिर शान्ति होस्) अल्लाहको अन्तिम ईशदूत हुनुहुन्थ्यो । उहाले अल्लाहको सन्देश सम्पूर्ण संसारमा पु¥याई दिनुभयो । यसका साथै सत्य र असत्य मार्ग छुट्याई दिनुभयो । आउनुहोस् एउटा आगोको पूजा गर्ने व्यक्तिको जीवनी पढौं कि उनले सत्य मार्गको खोजीमा कति दुख र कष्ट उठाए र अन्तिममा अल्लाहको दया र कृपाले सत्य मार्ग सम्म पुगे । उनको भनाई छ ः               

आदर्श आमा र पत्नी उम्मे सुलैम (रजि.)


-अजिजुर्रहमान्

umm+sulaimएक जना महिला अल्लाहका रसूल (स.)को सेवामा प्रश्न गर्नका लागि उपस्थित भइन् । त्यहाँ आमा आइशा (रजि.) पनि थिइन् । उनले प्रश्न गर्नुभन्दा पहिलो भनिन्ः अल्लाह हक (सत्य) कुरा गर्न लजाउदैनन् है ? फेरि भनिन्ः या रसुलुल्लाह (स.) महिला आफ्नो सपनामा त्यो कुरा देख्छिन् जुन एउटा पुरुषले देख्छ र आफ्नो शरीरमा त्यही देख्छिन् जुन पुरुषले देख्छ भने त्यो महिलाले के गर्नुपर्छ ? यो प्रश्न सुनेपछि हजरत आइशा (रजि.) रिसले चुर भएर भनिनः् “ यो प्रश्न गरेर तिमीले महिलाहरुलाई बदनाम ग¥यौ । तिम्रो हातमा धुलो लागोस् ।” यसको मतलब यो थियो कि यस्तो प्रश्न गर्नु महिलाको लागि अपमानको कुरा थियो । तर नबी (स.) ले आमा आइशा (रजि.) लाई संकेत गर्दै भन्नुभयो, “उम्मे सुलैम ! यदि महिलाले सपनामा यस्तो देखिन् भने उनले नुहाउनु पर्छ । यस्तो प्रश्न सोध्नु गलत होइन बरु नसोधी अज्ञानतामा जीवनयापन गर्नु नै वास्तवमा गलत हो ।

उज्यालोको खोजीमा


- मर्यम राई (हिरा)

2222536-3x2-940x627उज्यालो र अँध्यारोको मिलन कहिल्यै हुन सक्दैन । उज्यालो प्रकट हुने बित्तिकै अँध्यारो स्वयम त्यसबाट बिलिन भएर जान्छ र उज्यालो गएपछि अन्धकार स्वतः आइहाल्छ । संसारको कुनै पनि यस्तो रहस्यमय ठाऊँ छैन जहाँ अन्धकार र उज्यालो एकआपसमा मिलेर रहन सकेका होउन् । त्यस्तै सफलता र बिफलताका आ–आफ्नै पाटाहरु छन् । सफलता चुम्न सकिने बाटो धेरै साँगुरो र धेरै कठिन छ । त्यो बाटोलाई जो कोहीले प्राप्त गर्न सक्दैन तर बिफलताका बाटाहरु धेरै फराकिलो र विस्तृत छन्, जो सुकै पनि त्यस बाटोमा खुल्लम खुल्ला आज हिडिरहेका छन् । हाम्रो भौतीक शरिर रहुन्जेल हामी धेरै धन कमाउनु  ठूला ठूला महल बनाउनुलाई सफलता ठान्छौँ । धन नहुनु र आफ्नो जीवनस्तर माथि उकास्न नसक्नुलाई मानिसहरु आफ्नो बिफलताको संज्ञा दिनछन् । तर वास्तविकतामा त्यो मिल्न सक्दैन । एउटा सफल व्यक्ति बन्नको लागि कुनै पनि मानिसल उसको बाल्यअवस्थाबाटै धेरै संघर्ष र परिश्रम गरिरहेको देख्छौँ र केही सफल व्यक्तिहरुको जीवनी पढ्दा, सुन्दा, यो कुरा थाहा पाउन सक्छौँ । यसबाट प्रमाणित हुन्छ कि एउटा सही गन्तव्यमा लाग्न अथवा सत्मार्गमा हिड्न कती कठिन हुन्छ । त्यस्तो सफलताको मार्ग चुनेका व्यक्तिहरु भनेको सच्चा मुस्लिम हो जसले आफ्नो जीवनलाई कुरआन र हदीस अनुसार हिडायो र  अल्लाहको आदेश मुत्ताबिक चलायो । विफलताको मार्ग रोजेका व्यक्तिहरु ती हुन् जसले आजसम्म पनि अल्लाह तआलालाई चिन्न सकेका छैनन् र अल्लाह तआलाको सच्चा भक्तहरुमध्येका बन्न सकेका छैनन् । उनीहरु आज यो संसारको मोजमस्तिमा रुमलिरहेका छन् तर उनीहरु अत्यहीन पारलौकिक जीवनमा घाटा खानेहरुमा पर्नेछन् । यो सांसारिक जीवन क्षणिक जीवन ता पनि यो जीवन त्यो पारलौकिक जीवनमा सफलता प्राप्त गर्नको लागि धेरै महत्वपूर्ण छ । यो लोकमै जसले अल्लाहलाई चिन्न सक्यो त्यो व्यक्तिले नै पारलौकिक जीवनमा सफलता प्राप्त गर्न सक्दछ ।

Saturday, July 21, 2018

सात महापापहरु


- मुहम्मद इब्राहीम खरेल

१) वास्तविक सृष्टिकर्ता अल्लाहलाई नमानी अरु कसैलाइ पुजा गर्न योग्य ईश्वर सम्झनु
7 sins                यो संसार सृष्टि गर्ने, पालन गर्ने र अन्तमा संहार गर्ने एक परम शक्तिशाली महिमावान ईश्वर हुन् भने पुजा पनि उनको नै हुनुपर्छ । किनकि तपाई सोच्नुहोस् यो सिंगो ब्रह्माण्डलाई हामीले बनाएको मूर्तिले सृष्टि गर्न सक्छ त भनेर मैले तपाईलाई सोधे भने तपाई अवश्य पनि भन्नुहुन्छ,“सक्दैन” । जब मूर्तिमा त्यो क्षमता छैन भने आखिर किन पुजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छ,“हे मानव हो ! एउटा उदाहरण बयान गरिन्छ; यसलाई अलिक ध्यानपूर्वक  सुन । अल्लाहलाई छोडी तिमीहरू जसलाई पुकार्छौ तिनीहरूले एउटा झिङ्गासम्म सृष्टि गर्न सक्दैनन् चाहे त्यसकोनिम्ति तिनीहरू सबै एकजुट नै किन नहोऊन् । र, कुनै झिङ्गाले तिनीहरूको कुनै वस्तु खोसेर लगेमा तिनीहरूले त्यसबाट त्यो वस्तु पनि छुटाउन सक्दैनन् । सहायता माग्नेवाला पनि दुर्बल र जोसित सहायता मागिन्छ त्यो पनि दुर्बल !” (कुरआन २२ः७३)

इस्लामबिरोधी राजनेताले अपनाए इस्लाम


559783_10151745023065828_171413984_n-600x541

के यो सम्भव छ कि जीवनभरि तपाई जुन विचार धाराको बिरोध गर्दै आउनुभयो, जीवनको एउटा मोडमा आएर तपाई त्यही विचारधाराको अनुयायी बन्नु भयो ? यस्तै घट्ना भएको छ नेदरल्याण्डमा । लामो समयसम्म इस्लामको आलोचना गर्दै आएका डच राजनेता अर्नाड वान डूर्नले अब इस्लाम धर्मलाई अङगालेका छन् ।
अनार्ड वान डूर्न नेदरलैंडको दक्षिणपंथी पार्टी पीवीवी अर्थात फ्रीडम पार्टीका महत्वपुर्ण सदस्य रहिसकेका  छन् । यो त्यही पार्टी हो जुन आफ्नो इस्लाम बिरोधी नीति र यसका कुख्यात नेता गिर्टी वाइल्डर्सले गर्दा परिचित छ । तर त्यो पाच वर्ष पहिलेको कुरा हो । सन् २०१३ को मार्च महिनामा अर्नाड डूर्नले इस्लाम अपनाएको घोषणा गरेका छन् । नेदरलैंडका सांसद गिर्टी वाइलडर्सले २००८ मा एउटा इस्लाम विरोधी चलचित्र “फितना” बनाएका थिए । यसको विरोधमा संसारभरिमै कडा प्रतिक्रिया आएको थियो ।

Friday, July 20, 2018

पैतृक सम्पति (विरासत) को कानुन


virasat

‘विरासत’ एउटा अति नै प्रचलित शब्द हो जसको भावार्थ हुन्छ आफ्नो पूर्खाहरूबाट केही प्राप्त गर्नु चाहे त्यो धनसम्पत्तिको रूपमा होस् वा आदर्श, उपदेश तथा संस्कारको रूपमा ।
                तर इस्लामी कानुनमा यस परिभाषिक शब्दको उपयोग त्यस धनसम्पत्तिका लागि गरिन्छ जुन मृत्युका समय मृतकको स्वामित्वमा  रहेको होस् जसलाई उसको नातेदारहरूमा भागबंडा गरियोस् । इस्लामी कानुनमा यस वितरणको पूर्ण कानुन नै छ जसलाई ‘विरासतको कानुन’ भनिन्छ ।

तलाकः समस्या कि समाधान ?


579107-talaq4

पछिल्ला केही दशकहरूमा  तलाक (सम्बन्धविच्छेद) को प्रावधनलाई अरू समूदायहरूमा पनि समावेश गर्नाले यो सत्य अब पूर्ण रूपमा स्पष्ट भइसकेको छ कि इस्लाममा तलाकको प्रावधानका विरूद्ध समस्त प्रचार भ्रामक एवं गलतफहमीमा आधारित थिए । साथै यो कुरा पनि स्पष्ट भएको छ कि इस्लाममा तलाकको प्रावधान समाज र परिवारको आवश्यक्ता अनुरूप छ । उसको विरूद्ध होइन । यस प्रावधनको वास्तविक्तालाई बुझ्नका लागि इस्लाममा विवाहको प्रावधानलाई बुझ्न आवश्यक छ ।

                इस्लाम विवाहलाई मात्रा कामवासनाको पूर्तिको माध्यमको रूपमा हेर्दैन, यस समाजको स्थिरता र सुदृढ्ताको एक माध्यमको रूपमा हेर्छ र यसले निम्न लिखित लक्ष्यहरूको प्राप्ती गर्दछः

यो संसार आफै बनेको हैन ।

- खलिलुल्लाह अन्सारी

ब्रहमाण्ड बन्यो बिग बैँगबाट
जीवहरू बने विभिन्न तत्वबाट
कसले गरायो यी प्रक्रियाहरू
विज्ञानले अझ उत्तर दिएको छैन
यो संसार आफैं बनेको हैन ।

स्वतः चल्छ सहरको करखाना
झुठो मान्छन् यसलाई सबजना
छ कोही जसले यो जगत बनायो
विज्ञानले उसलाई जानेको छैन
यो संसार आफैं बनेको हैन ।

थिएन हाम्रो कुनै अस्तित्व
न थियो हाम्रो कुनै ठोस दृश्य
थिएनन् हाम्रा शरीरका अंगहरू
स्वयं भएको यो कदापी छैन ।
यो संसार आफैं बनेको हैन ।

यो कलम जसले समेट्दै छु सत्य
यसलाई मैले आफैं बनाएको हैन
छन् यसका केयौं अविष्कारकहरु
मानिसले सत्यलाई मानेको छैन
यो संसार आफैं बनेको हैन

दिएको छ जसले कोशेलीमा
नेपाल देश हाम्रो हतेलीमा
छन् त्यसका असीम गुणहरू
ऊ बाहेक अरू कुनै पूज्य छैन
यो संसार आफैं बनेको हैन ।

एउटा सिकर्मी


stock-vector-carpenter-63051769                एउटा अति नै कुशल सिकर्मी अवकाश लिने तयारीमा थियो । उसले आफ्नो  योजना साहुलाई सुनायो ।आफ्नो एउटा कुशल कामदार जान लागेको देखेर साहु निराश भयो र सिकर्मीसँग एउटा अन्तिम घर बनाईदिन आग्रह गर्‍यो । सिकर्मी तयार भयो तर अवकाश लिने मनसाय बनाएकोले उसले घर बनाउनमा राम्ररी ध्यान दिइरहेको थिएन । काममा उसको मन लागि रहेको थिएन उसले कमजोर कालिगडी प्रस्तुत गर्‍यो ।
                जब काम पूरा भयो, उसले आफ्नो साहुलाई बोलाएर घर देखायो । साहुले सिकर्मीलाई केही कागजात र साचो दिदै भन्यो, “यो घर तिम्रो हो, मेरो तर्फबाट उपहार हो ।”
                सिकर्मीलाई आघात पर्‍यो, कति लाजमर्दो कुरा ! यदि उसलाई यो घर उसको हो भनी थाहा भएको भए ऊ यसलाई अरु घरभन्दा राम्रो र उत्तम बनाउने थियो ।
                शिक्षाः अल्लाहले हामीलाई यस संसारमा पठाउनु भएको छ । स्वर्गमा आफ्नो घर बनाउने मौका दिनुभएको छ । अब हामीले निर्णय गर्नुपर्छ कि हामी आफ्नो लागि कस्तो घर तयार पार्दैछौ जहा हामी सदैव बस्नु पर्नेछ ।

मुस्लिम बैज्ञानिकले पत्ता लगाएका थिए उड्ने तरिका

अब्बास इब्ने फिरनासको जन्म सन् ८१० मा अल–उन्दलुस (आजको स्पेन) मा भएको थियो । इब्ने फिरनास बहुप्रतिभाशाली व्यक्तित्व थिए । उनी खोजकर्ता इन्जिनियर, चिकित्सक र कवि पनि थिए । उनले यस संसारलाई धेरै कुरा दिए । ती मध्ये एउटा यो पनि हो कि उनले उड्ने तरिकाको विकास गरे । उनले आफ्नो दुवै हातमा ठूला–ठूला पंख लगाएर उड्न तयार भए ।
abbas-ibn-firnasकेहिबेर पछि जब उनी उड्न थाले तब उनी एउटा लामो दुरी तय गरे । त्यहा उपस्थित व्यक्तिहरुलाई कुनै पंक्षि उडेको आभाष भयो । तर जब उनी धर्तीमा ओर्लिने प्रयास गरे तब उनलाई धेरै मुश्किलको सामना गर्नु पर्‍यो। जसमा उनलाई उनको पिठमा चोट लाग्यो । तर आकाशमा उड्ने यो एउटा सफल प्रयास थियो । यस खोजका समय उनी ६५ वर्षका थिए । इतिहासबाट थाहा हुन्छ कि यो उडान पंक्षीहरुभन्दा पनि गतिशिल थियो ।
                इतिहासकार फिलिप हिट्टी आफ्नो किताब "Hisory of Arabs" (अरबको इतिहास) मा भन्दछन् कि यसमा कुनै दुई मत छैन कि हवाइजहाजका खोजकर्ता इब्ने फिरनास थिए, न कि राइट ब्रोदर्स ।
                इब्ने फिरनसको सम्मानमा उनको नामले चन्द्रमामा एउटा ठूलो खाल्डोको नाम "Crator Ibn Firnas" राखिएको छ । उनको निधन सन् ८८७ मा आजको स्पेनमा भएको थियो ।