Saturday, July 21, 2018

इस्लामबिरोधी राजनेताले अपनाए इस्लाम


559783_10151745023065828_171413984_n-600x541

के यो सम्भव छ कि जीवनभरि तपाई जुन विचार धाराको बिरोध गर्दै आउनुभयो, जीवनको एउटा मोडमा आएर तपाई त्यही विचारधाराको अनुयायी बन्नु भयो ? यस्तै घट्ना भएको छ नेदरल्याण्डमा । लामो समयसम्म इस्लामको आलोचना गर्दै आएका डच राजनेता अर्नाड वान डूर्नले अब इस्लाम धर्मलाई अङगालेका छन् ।
अनार्ड वान डूर्न नेदरलैंडको दक्षिणपंथी पार्टी पीवीवी अर्थात फ्रीडम पार्टीका महत्वपुर्ण सदस्य रहिसकेका  छन् । यो त्यही पार्टी हो जुन आफ्नो इस्लाम बिरोधी नीति र यसका कुख्यात नेता गिर्टी वाइल्डर्सले गर्दा परिचित छ । तर त्यो पाच वर्ष पहिलेको कुरा हो । सन् २०१३ को मार्च महिनामा अर्नाड डूर्नले इस्लाम अपनाएको घोषणा गरेका छन् । नेदरलैंडका सांसद गिर्टी वाइलडर्सले २००८ मा एउटा इस्लाम विरोधी चलचित्र “फितना” बनाएका थिए । यसको विरोधमा संसारभरिमै कडा प्रतिक्रिया आएको थियो ।
अर्नाड डुर्न जब पीवीवीमा सामेल भएका थिए त्यो बेला त्यो एउटा नया पार्टी थियो । मुख्यधाराभन्दा अलग थियो । यसलाई स्थिरता प्रदान गर्न एउटा चुनौती थियो । यस दलको अपार संभावनाहरुलाई हेर्दै अर्नाडले यसमा सामेल हुने फैसला गरे ।

पहिला इस्लाम विरोधी थिए–
पार्टीमा मुस्लिमहरुसंग जोडिएका विवादास्पद विचारहरुका लागि अर्नाड परिचित थिए । त्यो वेला उनी इस्लामका कडा बिरोधी थिए । उनी भन्दछन ः “त्यति वेला पश्चिमी युरोप र नेदरलैंडका अधिकांस मानिसहरु जस्तै मेरो सोच पनि इस्लाम बिरोधी थियो । म सोच्दथे कि इस्लाम अति नै असहिष्णु छ, महिलाहरुसंग अन्याय गर्छ, आतंकवादलाई बढावा दिन्छ । संसार भरि मै इस्लामविरुद्ध यस्ता पुर्वाग्रह प्रचलित छन् ।”
अर्नाड वानले लामो समयसम्म इस्लामको बिरोध गरेपछि अब इस्लाम धर्मलाई अङ्गालेका छन् । सन् २००८ मा जुन इस्लाम विरोधी चलचित्र “फितना”बनेको थियो, त्यसको प्रचार प्रसारमा अर्नाडको ठुलो भुमिका थियो । त्यस चलचित्रले मुस्लिमहरुको भावनामाथि ठूलो चोट पुगेको थियो । उनी बताउछन््,“‘फितना’पीवीवीले बनाएको थियो । त्यसबेला म पिवीवीको सदस्य थिए । तर म “फितना” को निर्माणमा कहीं पनि संलग्न थिइन । हो, यसको वितरण र प्रचारप्रसारमा अवश्य सामेल थिए ।” अर्नाडलाई कतैबाट पनि यो आभाष थिएन कि यो चलचित्र मानिसहरुमा आघात निराश्यता र आक्रोशको कारण बन्नेछ । उनी अगाडि भन्छन् “अब मलाई महसुस हुन्छ कि अनुभव र जानकारीको कमीका कारण मेरो विचार यस्तो थियो । आज यसका लागि म साच्चै नै लज्जित छु ।”

विचार कसरी परिवर्तन भयो ?
अर्नाडले भने ः “जब चलचित्र “फितना” बजारमा आयो, त्यसबेला यसका विरुद्ध धेरै प्रतिक्रियाहरु आए । आज मलाई धेरै पश्चताप छ कि म त्यस  चलचित्रको मार्केटिङमा सामेल थिए ।”
इस्लामको बारेमा अर्नाडको विचार कसरी परिवर्तन हुन थाल्यो ? उनी भन्छन् ः “यो सब बिस्तारै भयो । पीवीवी अर्थात फ्रिडम पार्टीमा हुदा अन्तिम केही महिनाहरुमा मेरो मनमा केही शंकाहरु उब्जन थालेका थिए । पीवीवीको विचार इस्लामको बारेमा धेरै कट्टर थिए ।” अर्नाडले पार्टीमा आफ्नो  ती आशंकाहरु बारे कुरा गर्ने प्रयास गरे तर कसैले ध्यान दिएनन् । त्यसपछि उनले कुरआन पढ्न आरम्भ गरे त्यति मात्र होइन, मुस्लिमहरुका परम्परा र संस्कृतिका बारेमा जानकारी पनि जुटाउन थाले । अर्नाड वान डूर्न इस्लाम बिरोधदेखि इस्लाम अपनाउने सम्मको आफ्नो  यात्राको बारेमा भन्दछन् ः “म आफ्नो  एकजना सहयोगीसंग इस्लाम र कुरआनका बारेमा सधै सोध्ने गर्दथे । उनी धेरै कुराहरु जान्दथे ।
तर सब कुरा थाहा थिएन । त्यसकारण उनले मलाई मस्जिद गएर इमामसंग कुरा गर्न सल्लाह दिए ।” उनी बताउछन्,“पीवीवी पार्टीको पृष्ठभूमिबाट भएको हुनाले म त्यहा जान डराउथें । तरपनि म मस्जिद गएं । हामी त्यहा  आधा घण्टाका लागि गएका थियौं तर चार पाच घण्टासम्म कुरा गरिरहयौं ।”
अर्नाडले इस्लामको बारेमा जुन तस्बिर आफ्नो दिमागमा बनाएका थिए मस्जिद गएर इमामसंग कुरा गर्दा जुन कुरा थाहा भयो त्यो त्यस तस्बिर भन्दा एकदम फरक थियो । उनले जब इमामसंग भेटे तब इमामको आत्मिय व्यवहार देखेर उनी चकित भए । इमामको सुशिल व्यवहार अर्नाडका लागि महत्वपूर्ण साबित भयो । यस भेटघाटले उनलाई इस्लामको बारेमा  जानकारी प्राप्त गर्न झन् प्रोत्साहित गर्‍यो । वान् डूर्न मस्जिद गएको र इस्लामको बारेमा जानकारी लिएको कुरा फ्रिडम पार्टीका उनका सहयोगिहरुलाई मन परेन । उनीहरु चाहन्थे कि उनी त्यही कुरालाई सत्य जानुन् जुन पार्टी उहासंग भन्दथ्यो ।

अन्तत इस्लाम अङ्गाले
फ्रिडम पार्टीका नेता गीर्ट वाइल्डर्स नेदरलैंडमा बुर्का माथि रोक लगाउने कुरामा वकालत गर्दै आएका छन् । तर इस्लामको बारेमा जान्नु बेग्लै कुरा हो र इस्लामलाई स्वीकार गर्नु बेग्लै कुरा हो । पहिला–पहिला अर्नाडको मनमा इस्लाम धर्म कबुल गर्ने कुरा थिएन । उनको मात्र एउटा उद्देश्य थियो इस्लामको बारेमा बढीभन्दा बढी जानकारी हासिल गर्नु । साथै उनी यो पनि जान्न चाहन्थे कि जुन पूर्वाग्रहहरुमाथि मानिसहरु कुरा गर्दछन्, त्यो वास्तवमा सही पनि हो कि यस्तै हावाको कुरा हो । यी सब कुरामा उनलाई बर्ष–डेढ वर्ष लाग्यो ।
अन्त्यमा उनी यस निष्कर्षमा पुगे कि इस्लामको आधार आत्मियता र सुझ–बुझले भरिएको छ । इस्लामका बारेमा पढेर जानकारी हासिल गरेपछि अन्त्यमा उनले धर्म परिवर्तन गरे । इस्लाम अपनाएपछि उनलाई धेरै कठिनाईहरुबाट गुज्रिनु पर्‍यो । उनी भन्दछन् ः “मेरो निर्णयलाई बदल्न ममाथि धेरै दबाब दिइयो । म अब बुझ्न थालेको थिए कि मेरो देश नेदरलैंडमा मानिसहरुको विचार र सूचना कति गलत छ ।”

परिवार साथीहरुको प्रतिकृया
“परिवार र साथीहरु मेरो यस निर्णयबाट अचम्मित भए । मेरो यस यात्राको बारेमा मेरी आमा र एकजना केटी साथीलाई मात्र थाहा थियो । अरुलाई यसको केही जानकारी थिएन । त्यसकारण मेरो यस फैसलाबाट उनीहरुलाई झट्का लाग्यो । केही मानिसहरुलाई यो पब्लिसिटी स्टंट लाग्यो भने केहीलाई यो मजाक लाग्यो ।” अर्नाड भन्दछन् ः “यदि यो पब्लिसिटी स्टंट भएको भए दुई–तीन महिनामा यो सकेर जान्थ्यो ।” उनी भन्दछन् ः “म धेरै नै धनी र भौतिकबादी सोच भएको परिवारको सदस्य हु । मलाई सधै आफूभित्र एउटा खालिपना महसुस हुन्थ्यो । मुस्लिम युवकको रुपमा म अब आफैलाई एउटा पूर्ण मानव महसुस गर्न थालेको छु । त्यो खालिपना अब पूरिएको छ ।
(BBC संगको कुराकानीमा आधारित)

No comments:

Post a Comment