Friday, July 20, 2018

यो संसार आफै बनेको हैन ।

- खलिलुल्लाह अन्सारी

ब्रहमाण्ड बन्यो बिग बैँगबाट
जीवहरू बने विभिन्न तत्वबाट
कसले गरायो यी प्रक्रियाहरू
विज्ञानले अझ उत्तर दिएको छैन
यो संसार आफैं बनेको हैन ।

स्वतः चल्छ सहरको करखाना
झुठो मान्छन् यसलाई सबजना
छ कोही जसले यो जगत बनायो
विज्ञानले उसलाई जानेको छैन
यो संसार आफैं बनेको हैन ।

थिएन हाम्रो कुनै अस्तित्व
न थियो हाम्रो कुनै ठोस दृश्य
थिएनन् हाम्रा शरीरका अंगहरू
स्वयं भएको यो कदापी छैन ।
यो संसार आफैं बनेको हैन ।

यो कलम जसले समेट्दै छु सत्य
यसलाई मैले आफैं बनाएको हैन
छन् यसका केयौं अविष्कारकहरु
मानिसले सत्यलाई मानेको छैन
यो संसार आफैं बनेको हैन

दिएको छ जसले कोशेलीमा
नेपाल देश हाम्रो हतेलीमा
छन् त्यसका असीम गुणहरू
ऊ बाहेक अरू कुनै पूज्य छैन
यो संसार आफैं बनेको हैन ।

No comments:

Post a Comment