Monday, July 23, 2018

सलमान फारसी (रजि.)


-आस्मा तामाङ

maxresdefault (2)                सबै प्रकारको प्रशंसा सत्य ईश्वर अल्लाहको लागि छ जसले सम्पूर्ण संसारको निर्माण गरे तथा मानव र दानवलाई आफ्नो  पूजाको आदेश दिए यसको निम्ति उनले प्रत्येक समुदायमा आफ्नो  सन्देशबाहक पठाए । सबै सन्देशबाहकहरुले आ–आफ्नो  समुदायमा एक सत्य ईश्वरको पूजापाठ गर्न आदेश दिएका थिए । मुहम्मद (उहामाथि चिर शान्ति होस्) अल्लाहको अन्तिम ईशदूत हुनुहुन्थ्यो । उहाले अल्लाहको सन्देश सम्पूर्ण संसारमा पु¥याई दिनुभयो । यसका साथै सत्य र असत्य मार्ग छुट्याई दिनुभयो । आउनुहोस् एउटा आगोको पूजा गर्ने व्यक्तिको जीवनी पढौं कि उनले सत्य मार्गको खोजीमा कति दुख र कष्ट उठाए र अन्तिममा अल्लाहको दया र कृपाले सत्य मार्ग सम्म पुगे । उनको भनाई छ ः                म एक ईरानी थिए । मेरा बुबा मन्दिरको संचालक हुनुहुन्थ्यो । उहाको आज्ञाले म मन्दिरमा आगो जलाउने काम गर्थे र यो प्रयास गर्थें कि त्यो आगो कहिल्यै ननिभोस् जसको कारणले मेरो बुबा मलाई अधिक माया गर्नुहुन्थ्यो । यहासम्म कि मलाई घरबाट निस्कनसम्म दिनुहुदैनथ्यो । एकचोटी म कुनै कामको लागि बुबा कै आज्ञाले घरबाट निस्केर केही टाढासम्म हिडेपछि एउटा गिर्जाघरबाट घण्टा बजेको आवाज आयो । मलाई अधिक आश्चर्य लाग्यो कि यो कस्तो आवाज हो किनभने त्यस बेलासम्म मलाई कहिले पनि यस्तो आवाज सुन्ने अवसर मिलेको थिएन । म त्यस गिर्जाघरमा पसेर उनीहरुको पूजा पाठ ध्यानले हेर्न थालें । हेर्दा हेर्दै रात पर्‍यो फेरी म घरमा आएं । मेरो बुबाले सोध्नुभयो, “घर आउनलाई ढिलो गरिस्, कहा थिइस् ?” मैले जवाफ दिएं, “म गिर्जाघरमा गएको थिएं, त्यहा ईसाईहरुको पूजा पाठहरु हेरिरहेको थिएं जुन मलाई अधिक राम्रो लाग्यो र मन पर्‍यो ।” यो सुन्ने बित्तिकै मेरो बुबाले मलाई फलामको जंजीरले बाध्नुभयो र भन्नुभयो, “तेरो धर्म त्यो भन्दा राम्रो र उत्तम छ ।” तर मलाई त उनीहरुको धर्म राम्रो र उत्तम लाग्न थालेको थियो । त्यसैले मैले इसाई पादरीलाई सन्देश पठाए कि म इसाई धर्मको विषयमा अधिक जान्न चाहन्छु । उसले उत्तर पठायो कि हाम्र्रो महान गिर्जाघर शाम (सिरिया) मा छ त्यहा तिमीले इसाई धर्मको बारेमा अधिक शिक्षा पाउनेछौ । मैले उसलाई सन्देश पठाए, “जब कोही व्यक्ति शामबाट आयो भने मलाई सुचित गर्नुहोला । म उसको साथमा शाम जान्छु ।” त्यो दिन पनि आयो जब म आफ्नो खुट्टाको जंजीरलाई काटेर शामतर्फ लागें । त्यहा पुगेर म महान् पादरीको सेवामा उपस्थित भए र उसको सेवा गर्न थालें । ऊ मसंग धेरै प्रसन्न र खुशी  भयो । तर दिन बित्दै जांदा मैले उसलाई एउटा धेरै नै नराम्रो व्यक्तिको रुपमा पाए । मानिसहरुसंग दान लिन्थ्यो तर निर्धनहरुमाथि खर्च गर्दैनथ्यो बरु दानलाई लुकाएर राखेको थियो । जब उसको मृत्यु भयो र मानिसहरु उसको किरिया कर्म गर्नका लागि आए तब मैले उसको वास्तविकता बताईदिएं । मानिसहरुले प्रमाण माग्दा मैले उनीहरुलाई त्यस पादरीको एउटा कोठामा लिएर गएं जहा उसले सुन, चादीको गोदाम बनाएर राखेको थियो । यो देखेर मानिसहरु रिसले तातिए र उनीहरुले उसको शरीरलाई सुलीमाथि झुन्डाएर ढुंगाले हान्न थाले । त्यस पश्चात एउटा अर्काे पादरी नियुक्त गरियो जो पहिलाको भन्दा उत्तम र राम्रो थियो । संसारदेखि बैरागी आखिरतको इच्छुक थियो । म उसको सेवामा लागें । जब उसको मृत्यु नजिक आयो तब मैले उसलाई भने, “हे पादरी !  म तपाईलाई कति माया गर्छु यो तपाईलाई थाहा छ । अब तपाई यस संसारबाट जादै हुनुहुन्छ, बताउनुहोस् अब म के गरुं ? र कहा जाऊ ?” उनले जवाफ दिए, “हे पुत्र  ! मानिसहरु बदली सकेका छन् । आज मलाई संसारमा कोही यस्तो पादरी बारे थाहा छैन जो म जस्तो होस् । हो, शहर मूसिल (इराक) मा एकजना पादरी छन्, तिमी उनैनिर जाऊ, उनलाई तिमी मजस्तै पाउनेछौ ।”
उनको मृत्यु पश्चात म मूसिल गएं र त्यहाको पादरीलाई बताएं कि मलाई कसले उनी समक्ष पठाएको हो । उनी धेरै खुशी भए र आफ्नो सेवामा राखे । उनलाई पनि मैले पहिले कै पादरी जस्तै पाएं जो अत्यन्त सदाचारी थिए । जब उनको पनि मृत्यु नजिक आयो तब मैले उनलाई भनें, “हे आदरणीय पादरी ! तपाई मृत्युको निकट हुनुहुन्छ । अब भन्नुहोस् म कहा जाऊ ?” उनले भने, “हे छोरा ! मैले त कोही व्यक्तिलाई आफू जस्तो पाउ“दिन । तर तिमी नुसीबीन  शहरमा जाऊ ।” पादरीको मृत्यु पश्चात म नुसीबीन गएं र त्यहाको पादरीलाई मैले पहिलाको पादरीको कुराहरु बताउदा उनी धेरै खुशी भए र आफ्नो साथमा बस्न अनुमति दिए । उनलाई पनि मैले पहिलाको दुई पादरीहरु जस्तै ईशभक्त पाएं । फेरी उनको पनि मृत्युको समय आई पूग्यो । तब मैले उनलाई सोधें, “हे पादरी ! अब म कहा जाउ ?” उनले भने, “तिमी अमोरिया शहरमा जाऊ । त्यहाका पादरी यस्तै नै हुन्छ जस्तो तिमीले मलाई पायौ ।”
 नुसीबीनको पादरीको मृत्यु पश्चात म अमोरिया भन्ने ठाउमा गएर त्यहा बस्न थालें । त्यहा मैले व्यापार पनि गरे र अधिक  संख्यामा गाईहरुको मालिक पनि बनें । जब अमोरियाको पादरीको पनि मृत्यु निकट आयो तब मैले उनलाई भने, “हे पादरी ! तपाईलाई मैले आफ्नो कहानी भनिसकेको छु अब भन्नुहोस् म कहा जाऊ ?” उनले भने, “हे छोरा ! यो समय यो धर्तीमाथि कोही यस्तो व्यक्ति छैन जसकहा जानलाई म तिमीलाई आदेश दिउ । तर तिमी मेरो कुरा ध्यानले सुन, अब एउटा नबी आउने समय भएको छ जो इब्राहिमको धर्ममाथि हुनेछन् ।  उनको जन्म अरब मुलुकमा हुनेछ । फेरी उनी एउटा यस्तो ठाउमा हिजरत (बसाईसराई) गर्नेछन् जुन ठाउ खजुरको वृक्षले भरिएको हुनेछ । उनका केही चिन्हहरु हुनेछन् तीमध्ये यो हो कि उनी उपहारमा प्राप्त वस्तुहरु त खानेछन् तर दानमा प्राप्त वस्तुहरु खाने छैनन् । उनका दुई पाखुराको बीचमा नबूअतको तोक हुनेछ । अब यदि तिमी उनको देशमा यात्रा गर्न सक्छौ भने त्यहीं जाऊ र उनको खोजी गर ।”
                पादरीको मृत्युपश्चात म अमोरियामा केही दिन बसें । यत्तिकैमा मलाई थाहा भयो कि अरबका केही व्यापारीहरु आएका छन् । मैले उनीहरुलाई भेटें र आफ्नो इच्छा प्रकट गरें कि मसग जुन गाई र बाख्राहरु छन् तिमीहरु लिनु र मलाई आफ्नो साथमा अरब लिएर हिंड । उनीहरुले स्वीकार गरे तर वादी–ए–कुर्रा ठाउ (शाम र मदीनाको बीच) मा पुगेपछि उनीहरुले मलाई एउटा यहूदीसंग बेची दिए । म त्यही यहुदीसग बस्न थालें । त्यो ठाउ खजुरले भरिएको थियो । म विचार गर्न थालें कि कतै यो त्यही ठाउ त हैन जहा मलाई जानु छ । यतिकैमा त्यस यहूदीको काकाको छोरा त्यहा आयो जो मदीनामा बस्ने गर्दथ्यो । उसले मलाई किनेर मदीना ल्यायो ।
मदीनालाई देख्ने बित्तिकै मेरो शरीरमा प्रकाश हिड्न थाल्यो र पुर्ण विश्वास भयो कि यो त्यही स्थान हो जसको बारेमा पादरीले बयान गरेका थिए । एक दिन मैले मेरो मालिकले आफ्नो काकाको छोरालाई भन्दै गरेको सुनें, “के तिमीले यो कुरा सुन्यौ कि कुबाका मानिसहरु एक जना व्यक्तिको साथमा जम्मा भएका छन् जो मक्काबाट आएको छ र आफूलाई नबि भन्छ । मैले फेरी सोधें, “तपाई के भन्दै हुनुहुन्छ ?” यो सुनेर मेरो मालिकले मलाई गाली ग¥यो र भन्यो कि तिमी आफ्नो काम गर यो कुराहरुमाथि ध्यान नदेऊ ।
म एकदिन रातको अध्यारोमा त्यस नबीको छेऊ मा पुगें र सोधे, “तपाई र तपाईका साथीहरु यहा हिजरत गरेर आउनु भएको छ, तपाईहरुलाई अवश्य पनि खानाको खाचो होला । मसंग  जेजति छ म तपाईहरुलाई दान दिन्छु ।” यति भनेर उहाको सामुन्ने केही खाने कुराहरु राखी दिएं । नबी (स.) ले आफ्नो साथीहरुलाई त्यसलाई खान दिनुभयो तर उहाले आफै त्यसबाट केही पनि खानुभएन । मैले आफ्नो मनमा भने कि आज एउटा निशानी पूरा भयो कि उहाले दान खानुहुन्न । फेरी नबी (स.) मदीनामा प्रवेश गरिसकेपछि म एकदिन उहाको सेवामा उपस्थित भएर भनें, “मैले देखें कि तपाई दान खानु हुन्न त्यसैले मैले तपाईको लागि उपहार ल्याइदिएको छु ।” उहाले यसलाई स्वीकार गर्नुभयो र स्वयं त्यसबाट केही खानु भयो र आफ्नो साथीहरुलाई पनि खानका लागि दिनुभयो । मैले आफ्नो मनमा विचार गरें कि यो दोस्रो कुरा पनि साचो निस्कियो । फेरी एक दिन म उहालाई भेट्नको लागि उपस्थित भएं । उहा  बसिरह्नु भएको थियो र उहाको शरीर दुई चादरले बेरेको थियो । मैले उहालाई सलाम गरें र उहाको पीठ्यु पछाडि केही खोज्न थालें । उहाले आफ्नो पीठ्युको चादर हटाउनु भयो । यो देख्ने बित्तिकै म उहानिर लडेर रुन थालें र नबूअतको मुहरलाई चुम्बन गर्न थालें । उहाले मायाले मलाई साथमा राखेर सोध्नुभयो के कुरा हो बताऊ ? मैले शुरु देखि आफ्नो कहानी बताए कि तपाईको खोजीमा मैले के–के गरिन र आज म आफूले अत्यन्त भाग्यशाली सम्झिन्छु कि अल्लाहले मलाई सत्यसम्म पु¥याइ दिनुभयो ।
                नबी सल्लल्लाहु अलैहि वसल्लम र उहाका साथीहरु यो वृतान्त सुनेर धेरै प्रभावित भए । तपाईहरुलाई थाहा छ उहाको हो ? उहा हजरत सलमान फारसी (रजि.) थिए । नबी सल्लल्लाहु अलैहि वसल्लमको प्रयत्नबाट उनी स्वतन्त्र भए । इस्लाममा उहालाई महानता प्राप्त भयो । ठिक भनिन्छ कि जसले प्रयत्न गर्छ उसलाई सत्य प्राप्त हुन्छ ।
                जहिले सम्म हामीलाई वास्तविक अल्लाह ईश्वरको सम्बन्धमा सन्तोषजनक ज्ञान प्राप्त हुदैन त्यस बेला सम्म हाम्रो अवस्था एउटा यस्तो यात्री जस्तो हुन्छ जसलाई आफ्नो सही ठेगाना थाहा छैन । स्पष्ट छ कि यस्तो यात्रीले अनेकौ प्रकारको दुःखको सामना गर्नेछ र अन्त्यमा ऊ आफ्नो योजनामा असफल नै हुन्छ । यसैगरी वास्तविक ईश्वरलाई बिर्सेर अर्काको आदेश अनुसार जीवन व्यतित गर्ने व्यक्तिलाई परिश्रम बाहेक अन्य केही प्राप्त हुने छैन र मृत्यु पश्चात ऊ नर्कबासीहरु मध्ये हुनेछ । त्यसैले तपाईहरु पनि सलमान फारसी (रजि.) ले जस्तै सत्यको खोज गर्नु किनकि सत्य सत्य नै हुन्छ र झुठो झुठो नै हुन्छ । सत्य के हो भने आफ्नो ईश्वरलाई चिन्नु र उसैको आदेशका पालना गर्नु उसको पाठमा कसैलाई साझेदारी नबनाउनु । यो नै सत्य र साचो हो । यदि कसैले अल्लाहको पुजा पाठ देखि घमण्ड गर्छ भने त्यो नर्कबासीहरु मध्ये हुनेछ ।
                यसैले अन्धविश्वास, रुढीवादी, ढुंगा, मूर्ति, रुख विरुवा र गाईवस्तुको पूजा देखि बेलैमा टाढा बस्नु एक अल्लाह ईश्वरको पूजा गर्नु र आफूले आफैलाई नर्कको आगोबाट बचाउनु होस् भन्ने अनुरोध गर्दै यो कलम बन्दा गरिकी छु । अल्लाह तआला हामी सबैलाई सत्य मार्गको तौफिक प्रदान गरुन् । आमीन्

No comments:

Post a Comment