Thursday, May 22, 2014

प्लीज मलाई पूजा नभन्नु आमिना भन्नुहोस्

नेपालकी प्रख्यात अभिनेत्री ३१ वर्षीया पूजा लामाले लगभग तीन बर्ष पहिले  इस्लाम धर्म स्वीकार गर्नु भयो। उनले इस्लाम धर्म स्वीकार गर्दा भारत नेपालका कयौं व्यक्ति अचम्ममा परेका थिए। बौद्ध परिवारमा जन्मेकी, बौद्ध संस्कार अनुसार हुर्के-बढेकी पूजा लामाले काठमाण्डौमा इस्लाम धर्म स्वीकार गरेकी थिइन। त्यसबखत पूजा लामासँग अब्दुस्सबूर नदवीले गर्नु भएको कुराकानीको प्रमुख  अंशः

कुन चीजबाट प्रभावित भएर तपाईले इस्लाम स्वीकार गर्नु भयो  ? 
बौद्ध परिवारमा जन्मेकी हुँ। मैले इस्लाम धर्मको अध्ययन गर्ने इच्छा गरें। अनि हिन्दु, ईसाई इस्लाम धर्मको तुलनात्मक रूपमा अध्ययन पनि गरें विभिन्न धर्मको अध्ययनपछि कतार दुबईमा पनि गएकी थिएं वहाँ इस्लामिक सभ्यताबाट धेरै प्रभावित भएँ इस्लामको एउटा धेरै ठूलो विशेषता एक ईश्वरलाई मान्नु उनैमा पूर्ण रुपले विश्वास गर्नु रहेछ। एक ईश्वरको विषयमा यस्तो बलियो विश्वास मैले अरु धर्ममा देखिन। पूरा संसारको मिडिया इस्लामको विरुद्ध दुष्प्रचार गरिरहेका छन् इस्लामलाई आंतकवाद बढाउने धर्मको रूपमा पेश गरिरहेका छन्।   
के तपाई यी मिडियाको यस्ता दुष्प्रचारबाट प्रभावित हुनु भएन  ?

सत्य यो हो कि मिडियाले इस्लाम विरुद्ध दुष्प्रचारको कारण नै मैले इस्लम धर्म स्वीकार गर्न पाएँ किनकि मैले अध्ययनको गर्दा इस्लामलाई मिडियाको दुष्प्रचारको विपरीत एउटा उत्तम धर्म आदर्श संस्कार पाएँ अब ग्यारेन्टीको साथ भन्न सक्छु कि इस्लाम संसारको एक मात्र यस्तो धर्म हो जो मानवता शान्तिलाई प्रोत्साहि गर्छ न्याय-इन्साफ गर्दछ।

तपाई फिल्मी संसारसँग जोडिनु भएको तपाईसँग सम्बन्धित स्केण्डल काण्डको समाचार आएको थियो। एक पटक  तपाईले आत्माहत्या गर्ने प्रयाश गर्नु भएको थियो तपाईसम्बन्धमा के भन्न चाहनु हुन्छ  ?
मेरो निजी जिन्दगीको बारेमा मिडियाले नेगेटिव समाचार छापेर मलाई बदनाम गरे तर त्यस सम्बन्धमा मिडियालाई दोष दिन चाहन्न किनकि यो मिडियाको आफ्नो बिजनेस नै हो। वास्तवमा मेरो तीन पटक विवाह भएको थियो। मेरो पहिलो पतिबाट एउटा छोरा , जो मेरी आमाको साथ रहन्छ। मिडियाले मसँग सम्बन्धित कुरालाई यसरी उछाल्यो कि त्यसमा धेरै चिन्तित भएँ मानिसलाई लाग्छ, प्रख्यात हुनलाई मैले नै यस्तो गरेकी हुँ। वास्तवमा यिनै विषयले धेरै दुःखी थिएँ आत्महत्या गर्न चाहन्थें यसैबीच एउटा मुस्लिम साथीले मलाई इस्लामिक किताब पढ्न दिनुभयो मैले अध्ययन गरें,  मेरो मनलाई शान्ति लाग्यो फलस्वरुप मैले इस्लाम धर्म स्वीकार गरें। अब आफ्नो बितेको समयलाई पूर्णरुपमा बिर्सन चाहन्छु, किनकि अब धेरै खुशी छु सम्मानजनक जिन्दगी बिताई रहेकी छु
पूजा जी,  इस्लाम स्वीकार गरेपछि तपाईको जिन्दगीमा धेरै परिवर्तन देखा परेको तपाईहिजाब (पर्दा) लगाउनु हुन्छ, मादकपदार्थ पीउन  धुम्रपान सेवन गर्न छोड्नु भयो। के तपाईअल्लाहसँग आफ्नो विगतको गल्तीको प्रायश्चित गर्दै हुनुहुन्छ  ?
प्लीज अब तपाई मलाई पूजा नभन्नुहोस्। पूजा मेरो पुरानो नाम थियो अब आमिना फारुकी हूं।  इस्लाम स्वीकार गर्नु भन्दा पहिले धेरै दुःखी तनावपूर्ण जिन्दगी बिताई रहेकी थिएँ। सिगरेट मादकपदार्थको बानी बसेको थियो कयौंपटक वेहोश हुने गरी पीउँथे। मेरो जिन्दगीमा अन्धकार नै अन्धकार छाएको थियो। तर इस्लामले मलाई यस हालातबाट पापहरुबाट निकाल्यो अब मैले रक्सी सिगरेट पीउन छोडी दिएँ अहिले मैले इस्लाम धर्म अनुसार आफ्नो जिन्दगी बिताई रहेकी छु।
इस्लाम स्वीकार गर्न तपाईलाई कुन चीजले आकर्षित गर्यो  ?
खासगरी मेरो एकजना साथीले बौद्धधर्म त्याग गरी इस्लाम धर्म स्वीकार गरेकी थिई। उनै साथीले जब मलाई दुःखी चिन्तित देखिन, तब उनले मलाई इस्लाम धर्मसँग सम्बन्धित कुराहरु इस्लामको फाइदाको बारेमा अवगत गराउनु भयो,  तथा इस्लामी शिक्षाहरुले मेरो मनलाई शान्ति गरायो। इस्लाम धर्मको अध्ययन गर्न लागें। एक पटक मैले आफ्नो साथीको इस्लामिक लेक्चर सुने यसबाट धेरै प्रभावित भएँ यस लेक्चरले मेरो अन्तर आत्मालाई छोयो। अब मलाई कुनै व्यक्तिबाट कुनै किसिमको डर छैन सिवाय एक अल्लाह फेरी मैले त्यही दिन इस्लाम स्वीकार गरें
तपाईले इस्लाम स्वीकार गरेपछि परिवारको प्रतिक्रिया कस्तो थियो  ?
इस्लाम स्वीकार गरेपछि मैले दार्जिलिंग इंडियामा रहने मेरो परिवारलाई इस्लाम स्वीकार गरेको सूचना दिए।  मेरी आमाले मेरो पूर्ण सहयोग गर्नु भयो मेरो परिवारका सदस्यले भने- तिमीले सही मार्ग चुनेकी छौ अब तिमी खुश छौ हामी पनि तिमीलाई खुशी देखेर खुशी छौ। अब पूर्णरुपमा बदलीएकी छु मैले आफ्नो सारा नराम्रो बानीलाई छोडी दिएको छु। मेरो जीवनमा आएको यो परिवर्तनलाई लिएर मेरो परिवारहरु धेरै खुशी छन्।
इस्लाम स्वीकार गरेपछि मिडियाले यो भनेका होलान कि त्यसले कुनै मुस्लिम व्यक्तिसँग प्रेम गरेकी होली उसँग विवाह गरेकी होलीयसैले इस्लाम स्वीकार गरेकी होली। के यो सत्य हो   ? 
यो असत्य खबर हो। मेरो केही मुस्लिम साथीहरु छन् तर यसको यो मतलब होइन कि उनीहरु मध्ये कसैसँग प्रेम गरेर हिड्ने छु मैले उसँग विवाह गर्नलाई इस्लाम स्वीकार गरेकी हुँ। अँ यो जरूर भन्छु की कि इस्लाम स्वीकार गरेपछि भविष्यमा अब कुनै मुस्लिम व्यक्तिसँग नै विवाह गर्छु जब विवाह गर्नलाई निश्चय गर्छु, सबैलाई यसको जानकारी दिनेछु।
 अन्तर्वार्ता- अब्दुस्सबूर नदवी



No comments:

Post a Comment