Monday, July 23, 2018

सलमान फारसी (रजि.)


-आस्मा तामाङ

maxresdefault (2)                सबै प्रकारको प्रशंसा सत्य ईश्वर अल्लाहको लागि छ जसले सम्पूर्ण संसारको निर्माण गरे तथा मानव र दानवलाई आफ्नो  पूजाको आदेश दिए यसको निम्ति उनले प्रत्येक समुदायमा आफ्नो  सन्देशबाहक पठाए । सबै सन्देशबाहकहरुले आ–आफ्नो  समुदायमा एक सत्य ईश्वरको पूजापाठ गर्न आदेश दिएका थिए । मुहम्मद (उहामाथि चिर शान्ति होस्) अल्लाहको अन्तिम ईशदूत हुनुहुन्थ्यो । उहाले अल्लाहको सन्देश सम्पूर्ण संसारमा पु¥याई दिनुभयो । यसका साथै सत्य र असत्य मार्ग छुट्याई दिनुभयो । आउनुहोस् एउटा आगोको पूजा गर्ने व्यक्तिको जीवनी पढौं कि उनले सत्य मार्गको खोजीमा कति दुख र कष्ट उठाए र अन्तिममा अल्लाहको दया र कृपाले सत्य मार्ग सम्म पुगे । उनको भनाई छ ः               

आदर्श आमा र पत्नी उम्मे सुलैम (रजि.)


-अजिजुर्रहमान्

umm+sulaimएक जना महिला अल्लाहका रसूल (स.)को सेवामा प्रश्न गर्नका लागि उपस्थित भइन् । त्यहाँ आमा आइशा (रजि.) पनि थिइन् । उनले प्रश्न गर्नुभन्दा पहिलो भनिन्ः अल्लाह हक (सत्य) कुरा गर्न लजाउदैनन् है ? फेरि भनिन्ः या रसुलुल्लाह (स.) महिला आफ्नो सपनामा त्यो कुरा देख्छिन् जुन एउटा पुरुषले देख्छ र आफ्नो शरीरमा त्यही देख्छिन् जुन पुरुषले देख्छ भने त्यो महिलाले के गर्नुपर्छ ? यो प्रश्न सुनेपछि हजरत आइशा (रजि.) रिसले चुर भएर भनिनः् “ यो प्रश्न गरेर तिमीले महिलाहरुलाई बदनाम ग¥यौ । तिम्रो हातमा धुलो लागोस् ।” यसको मतलब यो थियो कि यस्तो प्रश्न गर्नु महिलाको लागि अपमानको कुरा थियो । तर नबी (स.) ले आमा आइशा (रजि.) लाई संकेत गर्दै भन्नुभयो, “उम्मे सुलैम ! यदि महिलाले सपनामा यस्तो देखिन् भने उनले नुहाउनु पर्छ । यस्तो प्रश्न सोध्नु गलत होइन बरु नसोधी अज्ञानतामा जीवनयापन गर्नु नै वास्तवमा गलत हो ।

उज्यालोको खोजीमा


- मर्यम राई (हिरा)

2222536-3x2-940x627उज्यालो र अँध्यारोको मिलन कहिल्यै हुन सक्दैन । उज्यालो प्रकट हुने बित्तिकै अँध्यारो स्वयम त्यसबाट बिलिन भएर जान्छ र उज्यालो गएपछि अन्धकार स्वतः आइहाल्छ । संसारको कुनै पनि यस्तो रहस्यमय ठाऊँ छैन जहाँ अन्धकार र उज्यालो एकआपसमा मिलेर रहन सकेका होउन् । त्यस्तै सफलता र बिफलताका आ–आफ्नै पाटाहरु छन् । सफलता चुम्न सकिने बाटो धेरै साँगुरो र धेरै कठिन छ । त्यो बाटोलाई जो कोहीले प्राप्त गर्न सक्दैन तर बिफलताका बाटाहरु धेरै फराकिलो र विस्तृत छन्, जो सुकै पनि त्यस बाटोमा खुल्लम खुल्ला आज हिडिरहेका छन् । हाम्रो भौतीक शरिर रहुन्जेल हामी धेरै धन कमाउनु  ठूला ठूला महल बनाउनुलाई सफलता ठान्छौँ । धन नहुनु र आफ्नो जीवनस्तर माथि उकास्न नसक्नुलाई मानिसहरु आफ्नो बिफलताको संज्ञा दिनछन् । तर वास्तविकतामा त्यो मिल्न सक्दैन । एउटा सफल व्यक्ति बन्नको लागि कुनै पनि मानिसल उसको बाल्यअवस्थाबाटै धेरै संघर्ष र परिश्रम गरिरहेको देख्छौँ र केही सफल व्यक्तिहरुको जीवनी पढ्दा, सुन्दा, यो कुरा थाहा पाउन सक्छौँ । यसबाट प्रमाणित हुन्छ कि एउटा सही गन्तव्यमा लाग्न अथवा सत्मार्गमा हिड्न कती कठिन हुन्छ । त्यस्तो सफलताको मार्ग चुनेका व्यक्तिहरु भनेको सच्चा मुस्लिम हो जसले आफ्नो जीवनलाई कुरआन र हदीस अनुसार हिडायो र  अल्लाहको आदेश मुत्ताबिक चलायो । विफलताको मार्ग रोजेका व्यक्तिहरु ती हुन् जसले आजसम्म पनि अल्लाह तआलालाई चिन्न सकेका छैनन् र अल्लाह तआलाको सच्चा भक्तहरुमध्येका बन्न सकेका छैनन् । उनीहरु आज यो संसारको मोजमस्तिमा रुमलिरहेका छन् तर उनीहरु अत्यहीन पारलौकिक जीवनमा घाटा खानेहरुमा पर्नेछन् । यो सांसारिक जीवन क्षणिक जीवन ता पनि यो जीवन त्यो पारलौकिक जीवनमा सफलता प्राप्त गर्नको लागि धेरै महत्वपूर्ण छ । यो लोकमै जसले अल्लाहलाई चिन्न सक्यो त्यो व्यक्तिले नै पारलौकिक जीवनमा सफलता प्राप्त गर्न सक्दछ ।

Saturday, July 21, 2018

सात महापापहरु


- मुहम्मद इब्राहीम खरेल

१) वास्तविक सृष्टिकर्ता अल्लाहलाई नमानी अरु कसैलाइ पुजा गर्न योग्य ईश्वर सम्झनु
7 sins                यो संसार सृष्टि गर्ने, पालन गर्ने र अन्तमा संहार गर्ने एक परम शक्तिशाली महिमावान ईश्वर हुन् भने पुजा पनि उनको नै हुनुपर्छ । किनकि तपाई सोच्नुहोस् यो सिंगो ब्रह्माण्डलाई हामीले बनाएको मूर्तिले सृष्टि गर्न सक्छ त भनेर मैले तपाईलाई सोधे भने तपाई अवश्य पनि भन्नुहुन्छ,“सक्दैन” । जब मूर्तिमा त्यो क्षमता छैन भने आखिर किन पुजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छ,“हे मानव हो ! एउटा उदाहरण बयान गरिन्छ; यसलाई अलिक ध्यानपूर्वक  सुन । अल्लाहलाई छोडी तिमीहरू जसलाई पुकार्छौ तिनीहरूले एउटा झिङ्गासम्म सृष्टि गर्न सक्दैनन् चाहे त्यसकोनिम्ति तिनीहरू सबै एकजुट नै किन नहोऊन् । र, कुनै झिङ्गाले तिनीहरूको कुनै वस्तु खोसेर लगेमा तिनीहरूले त्यसबाट त्यो वस्तु पनि छुटाउन सक्दैनन् । सहायता माग्नेवाला पनि दुर्बल र जोसित सहायता मागिन्छ त्यो पनि दुर्बल !” (कुरआन २२ः७३)

इस्लामबिरोधी राजनेताले अपनाए इस्लाम


559783_10151745023065828_171413984_n-600x541

के यो सम्भव छ कि जीवनभरि तपाई जुन विचार धाराको बिरोध गर्दै आउनुभयो, जीवनको एउटा मोडमा आएर तपाई त्यही विचारधाराको अनुयायी बन्नु भयो ? यस्तै घट्ना भएको छ नेदरल्याण्डमा । लामो समयसम्म इस्लामको आलोचना गर्दै आएका डच राजनेता अर्नाड वान डूर्नले अब इस्लाम धर्मलाई अङगालेका छन् ।
अनार्ड वान डूर्न नेदरलैंडको दक्षिणपंथी पार्टी पीवीवी अर्थात फ्रीडम पार्टीका महत्वपुर्ण सदस्य रहिसकेका  छन् । यो त्यही पार्टी हो जुन आफ्नो इस्लाम बिरोधी नीति र यसका कुख्यात नेता गिर्टी वाइल्डर्सले गर्दा परिचित छ । तर त्यो पाच वर्ष पहिलेको कुरा हो । सन् २०१३ को मार्च महिनामा अर्नाड डूर्नले इस्लाम अपनाएको घोषणा गरेका छन् । नेदरलैंडका सांसद गिर्टी वाइलडर्सले २००८ मा एउटा इस्लाम विरोधी चलचित्र “फितना” बनाएका थिए । यसको विरोधमा संसारभरिमै कडा प्रतिक्रिया आएको थियो ।

Friday, July 20, 2018

पैतृक सम्पति (विरासत) को कानुन


virasat

‘विरासत’ एउटा अति नै प्रचलित शब्द हो जसको भावार्थ हुन्छ आफ्नो पूर्खाहरूबाट केही प्राप्त गर्नु चाहे त्यो धनसम्पत्तिको रूपमा होस् वा आदर्श, उपदेश तथा संस्कारको रूपमा ।
                तर इस्लामी कानुनमा यस परिभाषिक शब्दको उपयोग त्यस धनसम्पत्तिका लागि गरिन्छ जुन मृत्युका समय मृतकको स्वामित्वमा  रहेको होस् जसलाई उसको नातेदारहरूमा भागबंडा गरियोस् । इस्लामी कानुनमा यस वितरणको पूर्ण कानुन नै छ जसलाई ‘विरासतको कानुन’ भनिन्छ ।

तलाकः समस्या कि समाधान ?


579107-talaq4

पछिल्ला केही दशकहरूमा  तलाक (सम्बन्धविच्छेद) को प्रावधनलाई अरू समूदायहरूमा पनि समावेश गर्नाले यो सत्य अब पूर्ण रूपमा स्पष्ट भइसकेको छ कि इस्लाममा तलाकको प्रावधानका विरूद्ध समस्त प्रचार भ्रामक एवं गलतफहमीमा आधारित थिए । साथै यो कुरा पनि स्पष्ट भएको छ कि इस्लाममा तलाकको प्रावधान समाज र परिवारको आवश्यक्ता अनुरूप छ । उसको विरूद्ध होइन । यस प्रावधनको वास्तविक्तालाई बुझ्नका लागि इस्लाममा विवाहको प्रावधानलाई बुझ्न आवश्यक छ ।

                इस्लाम विवाहलाई मात्रा कामवासनाको पूर्तिको माध्यमको रूपमा हेर्दैन, यस समाजको स्थिरता र सुदृढ्ताको एक माध्यमको रूपमा हेर्छ र यसले निम्न लिखित लक्ष्यहरूको प्राप्ती गर्दछः

यो संसार आफै बनेको हैन ।

- खलिलुल्लाह अन्सारी

ब्रहमाण्ड बन्यो बिग बैँगबाट
जीवहरू बने विभिन्न तत्वबाट
कसले गरायो यी प्रक्रियाहरू
विज्ञानले अझ उत्तर दिएको छैन
यो संसार आफैं बनेको हैन ।

स्वतः चल्छ सहरको करखाना
झुठो मान्छन् यसलाई सबजना
छ कोही जसले यो जगत बनायो
विज्ञानले उसलाई जानेको छैन
यो संसार आफैं बनेको हैन ।

थिएन हाम्रो कुनै अस्तित्व
न थियो हाम्रो कुनै ठोस दृश्य
थिएनन् हाम्रा शरीरका अंगहरू
स्वयं भएको यो कदापी छैन ।
यो संसार आफैं बनेको हैन ।

यो कलम जसले समेट्दै छु सत्य
यसलाई मैले आफैं बनाएको हैन
छन् यसका केयौं अविष्कारकहरु
मानिसले सत्यलाई मानेको छैन
यो संसार आफैं बनेको हैन

दिएको छ जसले कोशेलीमा
नेपाल देश हाम्रो हतेलीमा
छन् त्यसका असीम गुणहरू
ऊ बाहेक अरू कुनै पूज्य छैन
यो संसार आफैं बनेको हैन ।

एउटा सिकर्मी


stock-vector-carpenter-63051769                एउटा अति नै कुशल सिकर्मी अवकाश लिने तयारीमा थियो । उसले आफ्नो  योजना साहुलाई सुनायो ।आफ्नो एउटा कुशल कामदार जान लागेको देखेर साहु निराश भयो र सिकर्मीसँग एउटा अन्तिम घर बनाईदिन आग्रह गर्‍यो । सिकर्मी तयार भयो तर अवकाश लिने मनसाय बनाएकोले उसले घर बनाउनमा राम्ररी ध्यान दिइरहेको थिएन । काममा उसको मन लागि रहेको थिएन उसले कमजोर कालिगडी प्रस्तुत गर्‍यो ।
                जब काम पूरा भयो, उसले आफ्नो साहुलाई बोलाएर घर देखायो । साहुले सिकर्मीलाई केही कागजात र साचो दिदै भन्यो, “यो घर तिम्रो हो, मेरो तर्फबाट उपहार हो ।”
                सिकर्मीलाई आघात पर्‍यो, कति लाजमर्दो कुरा ! यदि उसलाई यो घर उसको हो भनी थाहा भएको भए ऊ यसलाई अरु घरभन्दा राम्रो र उत्तम बनाउने थियो ।
                शिक्षाः अल्लाहले हामीलाई यस संसारमा पठाउनु भएको छ । स्वर्गमा आफ्नो घर बनाउने मौका दिनुभएको छ । अब हामीले निर्णय गर्नुपर्छ कि हामी आफ्नो लागि कस्तो घर तयार पार्दैछौ जहा हामी सदैव बस्नु पर्नेछ ।

मुस्लिम बैज्ञानिकले पत्ता लगाएका थिए उड्ने तरिका

अब्बास इब्ने फिरनासको जन्म सन् ८१० मा अल–उन्दलुस (आजको स्पेन) मा भएको थियो । इब्ने फिरनास बहुप्रतिभाशाली व्यक्तित्व थिए । उनी खोजकर्ता इन्जिनियर, चिकित्सक र कवि पनि थिए । उनले यस संसारलाई धेरै कुरा दिए । ती मध्ये एउटा यो पनि हो कि उनले उड्ने तरिकाको विकास गरे । उनले आफ्नो दुवै हातमा ठूला–ठूला पंख लगाएर उड्न तयार भए ।
abbas-ibn-firnasकेहिबेर पछि जब उनी उड्न थाले तब उनी एउटा लामो दुरी तय गरे । त्यहा उपस्थित व्यक्तिहरुलाई कुनै पंक्षि उडेको आभाष भयो । तर जब उनी धर्तीमा ओर्लिने प्रयास गरे तब उनलाई धेरै मुश्किलको सामना गर्नु पर्‍यो। जसमा उनलाई उनको पिठमा चोट लाग्यो । तर आकाशमा उड्ने यो एउटा सफल प्रयास थियो । यस खोजका समय उनी ६५ वर्षका थिए । इतिहासबाट थाहा हुन्छ कि यो उडान पंक्षीहरुभन्दा पनि गतिशिल थियो ।
                इतिहासकार फिलिप हिट्टी आफ्नो किताब "Hisory of Arabs" (अरबको इतिहास) मा भन्दछन् कि यसमा कुनै दुई मत छैन कि हवाइजहाजका खोजकर्ता इब्ने फिरनास थिए, न कि राइट ब्रोदर्स ।
                इब्ने फिरनसको सम्मानमा उनको नामले चन्द्रमामा एउटा ठूलो खाल्डोको नाम "Crator Ibn Firnas" राखिएको छ । उनको निधन सन् ८८७ मा आजको स्पेनमा भएको थियो ।


Friday, October 14, 2016

एड्स र इस्लाम

लेखकः अजिजुल्लाह अन्सारी
व्हाट्स एपः +9779845042004

सन् १९८८ डिसेम्बर १ तारिख का दिन एउटा ठूलो समस्यालाई अभियानको रूप दिइयो र त्यस दिन विश्वले पहिलो पटक विश्व एड्स दिवस मनायो । त्यस पश्चात यस अभियानमा सम्पूर्ण मूलुकहरुलाई समेट्न थालियो र हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने चलन सुरु भएको हो । एड्स एक प्रकारको यौनजन्य रोग हो । जुन एच आई भी (HIV Human Immunodeficiency Virus) जीवाणु को संक्रमणबाट लाग्ने गर्दछ । यस जीवाणुले विशेष गरी सेतो रक्तकोष (WBC) लाई नष्ट पार्दछ जस्को कारण मानव शरीरमा रोगप्रतिरोधात्मक शक्तिको कमि हुदै जान्छ । रोगप्रतिरोधात्मक शक्ति यति कमजोर भएर जान्छ कि शरीरले HIV जीवाणुसंग लड्न सक्दैन र अन्त्यमा मानिसको मृत्यु हुन्छ । यो जीवाणु विशेष गरी यौन सम्पर्क रगतको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रामित व्यक्तिले लगाएको सुइ अरुलाई लगाउदा पनि यो भाइरस अर्काे व्यक्तिमा सर्दछ अथवा संक्रमित आमाले बच्चा जन्माउँदा वा स्तनपान गराएमा बच्चा पनि यस जीवाणुबाट संक्रमित हुन जान्छ । सन् २०१४ को विश्व एड्स दिवसमा संक्रमित व्यक्तिहरुलाई साहस, सहयोग तथा प्रेरणा दिनका निमित्त नया संक्रमित व्यक्तिहरुको तुलनामा बढि संख्यामा मानिसहरु यस अभियानमा संलग्न भएका छन् । यसलाई सकारात्मक रुपमै हेर्नुपर्ला तर अर्काे पक्षलाई हेर्यौ भने यसबाट राहतको साँस कदापि लिन सकिदैन । किनभने सन् २०१४ मा कूल २१ लाख नया संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिले सम्म ५ करोड नाघिसकेको अनुमान छ ।

Thursday, October 13, 2016

महिला हिंसा : कारण र समाधान

लेखकः अजिजुल्लाह अन्सारी
व्हाट्स एपः +9779845042004

त्यो घटना फेरी सम्झन पुग्दा मानिस सर्वश्रेष्ठ प्राणी होभन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।
नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा दामिनीको दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २ वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो ।

महिला हिंसा, अधिकार र इस्लाम


लेखकः रोजिता दङ्गा
हेटाैडा, मकवानपुर
विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि सुनिने शब्द, रेडियो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द महिलाअनि यहि महिलाको पछि आउने  शब्द अधिकार, हिंसा, समता, समानता, सशक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन् महिला अनि पुरुष अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनैपनि किसिमको कार्य जुन नीजि जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै भनिन्छ महिला  हिंसा । विश्वमा आधा आकाश ओगटेका महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक र अधिकारका लागि भैतारिहरनु परेको छ । यस पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो साथी, परिवार भेटेपछि सुरक्षित महसुस गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

Tuesday, October 11, 2016

मृत्यु : शुरूवात नया जीवनको

लेखकः अजिजुल्लाह अन्सारी
ह्वाट्स एपः +9779845042004

                मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामथ्र्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?
                सन् २००७ CIA को रिपोर्ट अनुसार प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब, राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्चअधिकारी होस् वा चप्रासी हरेकलाई मृत्युको निमन्त्रणा आउने नै छ ।
                कहाँ छन् ती राजा महाराजाहरु, अर्बपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई ईश्वरभन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव नगर्ने कुरालाई पूष्टि गर्दै नेलशन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले भनिसकेका छन् प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ। (कुरआन ३ः१८५)

मिडियाद्वारा मुस्लिममाथि षड्यन्त्र

                

लेखकः राम सेवक कुशवाहा

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठाउन थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गरिन थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका लागि आफ्नो प्रोफाइल फोटोलाई फ्रान्सको राष्ट्रिय झण्डामा परिवर्तन गर्न मिल्ने विकल्प उपलब्ध गरायो । लाखौं करोडौं फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल फोटो परिवर्तन गरे । मानौं मानिसहरुलाई यस्तो लाग्यो कि संसारमा पहिलो पटक कुनै यस्तो घटना घटेको हो जसमा निर्दाेष मानिसहरु मारिएका हुन् । हरेक मन न्यायका लागि विचल्लित देखिन्थ्यो र ISIS संग बदला लिने ज्वाला प्रज्वलित भयो । फ्रान्सले दोस्रो दिनदेखि नै संयूक्त राष्ट्रसंघको अनुमति बिना नै सिरियामा बम बर्साउन सुरु गर्यो जसमा दश हजारभन्दा बढी निर्दाेष मानिसहरुको ज्यान गयो । फ्रान्सले बम बर्साएर एउटा शहर पूर्ण रुपले नै नष्ट बनायो तर पनि हाम्रो हृदयमा उनीहरुको मृत्युप्रति कुनै अफसोस भएन बरु कतिपयलाई खुशी नै महसुस भयो ।
                तपाईलाई के लाग्छ कि जे तपाईले महसुस गर्नुभयो त्यो तपाईको आफ्नो हृदयको उपज थियो ?

Monday, October 10, 2016

दाइजो प्रथा वर्तमानको जटिल समस्या


विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छविवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन ।विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।
आज हामी आफ्नो मानव समाजलाई एउटा सभ्य, शिक्षित र विकसित समाज भन्दछौं तर के हामी वास्तवमा शिक्षित भनिने अधिकार राख्दछौ ?  के हाम्रो सोच साच्चै नै राम्रो हुदैछ ? के हाम्रो सोच्ने तरिका बदलिदै छ ? के हामी सहीलाई सही र गलतलाई गलत भन्न सक्षम भएका  छौं ? के हामी कुरितीहरु विरुद्ध आवाज उठाउने क्षमता राख्दछौं ? के हाम्रो समाजबाट कुरिती, कुप्रवृतिहरु कम  हुदै गएका छन् ?

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप
        अजिजुल्लाह अन्सारी
     जब नेपाली मुस्लिमहरुसंग एउटा प्रश्न सोधिन्छ – “यदि नेपाल सरकारले जनावरलाई इस्लामी तरिकाले जिबह गर्ने (काट्ने) कुरामा प्रतिबन्ध लगाउँछ भने तपाईको प्रतिकृया कस्तो हुनेछ ?” जवाफ पाईन्छ– “हामी यस कानुनबिरुद्ध आवाज उठाउनेछौं ,आन्दोलन गर्नेछौं.....। त्यही मुस्लिमहरुका लागि अर्काे प्रश्न –“ईश्वर सामू ठूलो अपराध कुन हो इस्लामी तरिकाले नकाटेको जनावरको मासु खानु अथवा ब्याजमुक्त कारोबार गर्नु ठुलो अपराध हो ?” 

Wednesday, September 10, 2014

Yash Chopra & Bollywood to Zakir Naik & hijab: such a short journey

                                                   
She wanted to be like Kareena Kapoor, and “could not wait to act in a movie”. In her last year of college, she “got offers from casting directors who would scout for faces in campuses and on Facebook”. But her “well-to-do” Mumbai-based Kashmiri Muslim family would not allow her to take up any film job unless it was offered by Yash Chopra’s YRF (Yash Raj Films). That was in 2012.

Two years on, Murcyleen Peerzada, a 23-year-old Kashmiri woman based in Mumbai, does not idolise Kareena. She now dreams of  “being like Yasmin Mogahed”, an Egypt-born American preacher known for her talks and articles on Islam.

Monday, June 2, 2014

Tamil Actress Monika converts to Islam and quits cinema


Chennai: The popular Tamil film actress Monika who is known for her films like ‘Azhagi’ and ‘Silanthi’  has converted to Islam and her new name is M G Rahima. The actress has acted in more than 70 films as heroine and child artist.
Monika’s parents are Christians and the actress says hereafter she won’t be acting in films. Monika also says that there is no selfishness in her decision to convert to Islam.
Monika started her career as a child artist in Avasara Police 100. She is also popular  in other South Indian film industries like Telugu, Malayalam and Kannada.

Thursday, May 22, 2014

प्लीज मलाई पूजा नभन्नु आमिना भन्नुहोस्

नेपालकी प्रख्यात अभिनेत्री ३१ वर्षीया पूजा लामाले लगभग तीन बर्ष पहिले  इस्लाम धर्म स्वीकार गर्नु भयो। उनले इस्लाम धर्म स्वीकार गर्दा भारत नेपालका कयौं व्यक्ति अचम्ममा परेका थिए। बौद्ध परिवारमा जन्मेकी, बौद्ध संस्कार अनुसार हुर्के-बढेकी पूजा लामाले काठमाण्डौमा इस्लाम धर्म स्वीकार गरेकी थिइन। त्यसबखत पूजा लामासँग अब्दुस्सबूर नदवीले गर्नु भएको कुराकानीको प्रमुख  अंशः

कुन चीजबाट प्रभावित भएर तपाईले इस्लाम स्वीकार गर्नु भयो  ? 
बौद्ध परिवारमा जन्मेकी हुँ। मैले इस्लाम धर्मको अध्ययन गर्ने इच्छा गरें। अनि हिन्दु, ईसाई इस्लाम धर्मको तुलनात्मक रूपमा अध्ययन पनि गरें विभिन्न धर्मको अध्ययनपछि कतार दुबईमा पनि गएकी थिएं वहाँ इस्लामिक सभ्यताबाट धेरै प्रभावित भएँ इस्लामको एउटा धेरै ठूलो विशेषता एक ईश्वरलाई मान्नु उनैमा पूर्ण रुपले विश्वास गर्नु रहेछ। एक ईश्वरको विषयमा यस्तो बलियो विश्वास मैले अरु धर्ममा देखिन। पूरा संसारको मिडिया इस्लामको विरुद्ध दुष्प्रचार गरिरहेका छन् इस्लामलाई आंतकवाद बढाउने धर्मको रूपमा पेश गरिरहेका छन्।   
के तपाई यी मिडियाको यस्ता दुष्प्रचारबाट प्रभावित हुनु भएन  ?